देशलाई समृद्ध बनाउने मुख्य क्षेत्र ऊर्जा र जलस्रोत « Khabarhub

देशलाई समृद्ध बनाउने मुख्य क्षेत्र ऊर्जा र जलस्रोत


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डुम्रे– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशलाई समृद्ध बनाउने बाटोमा सरकार लागिपरेको बताएका छन् । 

तनहुँको भानु नगरपालिका–१ डुम्रे भन्सार बजारमा आजदेखि सञ्चालित चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई समृद्ध बनाउने मुख्य बाटो नै ऊर्जा र जलस्रोत रहेको बताएका हुन् । 

उनले भने, ‘वर्तमान सरकार समृद्धिको बाटोमा लागिसकेको छ, ऊर्जा र जलस्रोतको उपयोग गर्दै देशलाई दीर्घकालीन समृद्ध बनाउने लक्ष्यमा छौँ ।’

 उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार दीर्घकालीन समृद्धितर्फ लागिसकेको बताए। मन्त्री खड्काले सुस्ताएको व्यापारलाई चलायमान बनाउन व्यापारिक मेला, महोत्सवले मुलुकलाई समृद्ध बनाउन टेवा पुग्ने बताए।

 ‘ऊर्जा र जलस्रोतको माध्यमबाट मात्रै देशलाई दीर्घकालीन समृद्ध बनाउन सम्भव छ’, उनले भने, ‘समृद्धिको यात्राका लागि भरपर्दो र विश्वासिलो सरकार आवश्यकता थियो, अस्थिर सरकारका कारण व्यापारिक गतिविधि नै अलमलमा थियो, दुई ठूला राजनीतिक दलको समन्वयले देशलाई समृद्ध बनाउने छौँ ।’

स्थानीय पर्यटकीय तथा व्यापारिक क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि यस्ता मेला, महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ । कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले सुस्ताएको व्यापारलाई चलायमान बनाउन यस्ता मेला, महोत्सवले सहयोग पुगेको बताएका छन् । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : २४ बजे

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा