अब पहाडी क्षेत्रको बसाइँसराई रोक्ने योजना चाहियो : मुख्यमन्त्री कार्की « Khabarhub

अब पहाडी क्षेत्रको बसाइँसराई रोक्ने योजना चाहियो : मुख्यमन्त्री कार्की


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइँसराई रोक्ने योजना बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा प्रदेश योजना आयोगको आयोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति अत्यधिक रहेकोले त्यसलाई रोक्ने योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्नेमा जोड दिए।

पहाडी क्षेत्रको जनजीवन सहज बनाउने रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘हामी जति लगानी गरेर योजनाका काम गर्छौं, हाम्रा लक्ष्य र उद्देश्य पूरा हुनुपर्छ ।’

उनले लगानी गरेका कामहरूबाट आम्दानी हुनेगरी योजना बनाए प्रदेशको आर्थिक स्रोत पनि बलियो हुनेबताए । मुख्यमन्त्री कार्कीले प्रदेशको स्रोत सीमित भएकोले अब पर्यटन क्षेत्रमा लगानी गरेर प्रदेशलाई पनि आम्दानी हुने गरी काम गर्नुपर्ने उल्लेख गरे ।

स्थानीय तहले पर्यटनको क्षेत्रमा लगानी गर्दा हामीले पनि संयुक्त रुपमा लगानी गरेर त्यसको आम्दानी प्रदेश र स्थानीय तहलाई बाँड्ने गरी योजना ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ३८ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १