दर्ता नगरी सञ्चालित नुवाकोटका दुई अस्पताल बन्द « Khabarhub

दर्ता नगरी सञ्चालित नुवाकोटका दुई अस्पताल बन्द


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दर्ता नगरी सञ्चालन गरिएका नुवाकोटका दुई अस्पताल बन्द गरिएको छ । 

अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले तत्काल सिल लगाएर अस्पताल बन्द गरिदिएको प्रमुख किशोर सापकोटाले जानकारी दिए । 

उनका अनुसार, तादी ४ सातविसेमा स्थित दुप्चेश्वर नेपाल हस्पिटल प्रालि दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि अस्पताललाई सिल लगाएर २० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

यस्तै, पञ्चकन्या गापा २ सहरेटारमा रहेको माइलक डायग्नोस्टिक अस्पताल पनि दर्ता नगरी सञ्चालन गरिएको पाइएको छ, जसलाई बन्द गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले मंगलबार नुवाकोटको पूर्वी भेगका तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका विभिन्न बजारमा अस्पताल, किराना पसल, भेटेरिनरी र खाद्यान्न सप्लायर्सको स्थलगत अनुगमन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको नेतृत्वमा गएको टोलीले ११ वटा अस्पताल र पसलहरूको अनुगमन गरेको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।

अनुगमनमा तादी गापा ३ खरानीटार, तादी ४ सातबिसे, दुप्चेश्वर ६ र पञ्चकन्या गापा २ सहरेटारमा रहेका तीन वटा अस्पताल, चार वटा किराना र खाद्यान्न पसल, र चार वटा भेटेरिनरी पसललाई अनुगमन गरिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ४२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट