दर्ता नगरी सञ्चालित नुवाकोटका दुई अस्पताल बन्द « Khabarhub

दर्ता नगरी सञ्चालित नुवाकोटका दुई अस्पताल बन्द


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दर्ता नगरी सञ्चालन गरिएका नुवाकोटका दुई अस्पताल बन्द गरिएको छ । 

अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले तत्काल सिल लगाएर अस्पताल बन्द गरिदिएको प्रमुख किशोर सापकोटाले जानकारी दिए । 

उनका अनुसार, तादी ४ सातविसेमा स्थित दुप्चेश्वर नेपाल हस्पिटल प्रालि दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि अस्पताललाई सिल लगाएर २० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

यस्तै, पञ्चकन्या गापा २ सहरेटारमा रहेको माइलक डायग्नोस्टिक अस्पताल पनि दर्ता नगरी सञ्चालन गरिएको पाइएको छ, जसलाई बन्द गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले मंगलबार नुवाकोटको पूर्वी भेगका तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका विभिन्न बजारमा अस्पताल, किराना पसल, भेटेरिनरी र खाद्यान्न सप्लायर्सको स्थलगत अनुगमन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको नेतृत्वमा गएको टोलीले ११ वटा अस्पताल र पसलहरूको अनुगमन गरेको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।

अनुगमनमा तादी गापा ३ खरानीटार, तादी ४ सातबिसे, दुप्चेश्वर ६ र पञ्चकन्या गापा २ सहरेटारमा रहेका तीन वटा अस्पताल, चार वटा किराना र खाद्यान्न पसल, र चार वटा भेटेरिनरी पसललाई अनुगमन गरिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ४२ बजे

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो