पोषण सुधारका लागि कुखुरा वितरण « Khabarhub

पोषण सुधारका लागि कुखुरा वितरण


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत भँगारीमा छ लाख ६० हजार मूल्य बराबरका स्थानीय जातका कुखुरा वितरण गरिएको छ । यहाँस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पोषण सुधारका लागि ग्रामीण कुखुरा पालन कार्यक्रमअन्तर्गत भँगारीका कृषकलाई कुखुरा वितरण गरिएको हो । 

ग्रामीण क्षेत्रमा स्थानीयलाई रोजगारी सिर्जना गर्ने, पोषणमा सुधार ल्याउने र पर्यटन प्रवर्द्धनसँगै रेसुङ्गा होमस्टेमा आउने पाहुनालाई स्थानीय स्वाद चखाउने उद्देश्यले स्थानीय जातका कुखुरा वितरण गरिएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत हुमकान्त पाण्डेले जानकारी दिए। 

रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले यस कार्यक्रमबाट ग्रामीण क्षेत्रका महिलालाई जीविकोपार्जनसँगै आयआर्जन बढाउन तथा पोषणमा सुधार ल्याउन महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नगर उपप्रमुख कुँवरसँगै वडाध्यक्ष हुमबहादुर बस्नेत, वडासदस्य यज्ञमूर्ति थापा श्रीस, कमला धुरेललगायतले स्थानीयलाई निःशुल्क रूपमा कार्यालयको तर्फबाट वितरण गरिएका कुखुरा हस्तान्तरण गरेका थिए । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा प्रदेश सरकारको स्वामित्वमा रहेको कुखुरा विकास फार्म नेपालगञ्जबाट उक्त कुखुरा ल्याइएको हो । किसानलाई  कुखुरासहित औषधि तथा आवश्यक भिटामिनका साथै दाना र पानी खुवाउने भाँडा उपलब्ध गराइएको थियो ।

 रेसुङ्गा होमस्टेमा रहेका २५ जना किसानका लागि प्रतिघर ५०÷५० का दरले एक हजार दुई सय ५० कुखुरा वितरण गरिएको हो । 

सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा होमस्टेमा आन्तरिक एवं बाह्य पर्यटकलाई भित्र्याई जिल्लामा पर्यटन प्रवर्द्धन गर्नका लागि उक्त कार्यक्रम थप प्रभावकारी हुने नगर उपप्रमुख कुँवरले बताए। 

होमस्टेमा पर्यटकले रैथाने खानाका परिकारसँगै जुनसुकै समयमा पनि स्थानीय जातका कुखुराको अर्गानिक स्वाद चाख्न पाउने भएका छन् । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्