नेपाली महिला क्रिकेट टोलीको बिदाइ « Khabarhub

नेपाली महिला क्रिकेट टोलीको बिदाइ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।  सो अवसरमा क्यानका सचिव पारस खड्का लगायतले टिमलाई सफलताको शुभकामना दिएका थिए ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ८  देखि १६ सम्म युगाण्डामा संचालन हुने चार देशीय सिरिजका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ ।

जसमा कप्तान इन्दु बर्मा, विन्दु रावल, रिया शर्मा, सम्झना कुमारी खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना क्षेत्री, अलिसा कुमारी यादव, रोमा थापा, रचना चौधरी, सना प्रवीन र ईश्वरी विष्ट छन् । यस टूरमा सिता राना मगर, युवा खेलाडी मनिषा उपाध्यायलाई बाहिर राखिएको छ ।

युगाण्डामा नेपालले युगाण्डा, हङकङ र नामिबिया सम्मिलित चार देशीय सिरिज खेल्दै छ । जस अनुसार नेपालले पहिलो खेल मार्च ८ मा नामिबियाविरुद्ध, मार्च ९ मा युगाण्डाविरुद्ध, मार्च १० मा हङकङविरुद्ध, मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : २९ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२