कुलमान प्रकरणसहित यी तीन विषयमा विपक्षीले तताए संसद् बैठक | Khabarhub Khabarhub

कुलमान प्रकरणसहित यी तीन विषयमा विपक्षीले तताए संसद् बैठक


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा मुख्यतः तीनवटा विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले सरकारलाई घेरेका छन् ।

संसद् बैठकको आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्दै विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन भइरहेको कोसिस सहित तीन विषयलाई चर्कोसँग उठाए ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको कुरालाई माओ‌वादी सांसदले चर्कोसँग उठाए । उनलाई सरकारले हटाउन खोजेको भन्दै विपक्षी सांसदहरूले सरकारको कडा आलोचनासहित घेर्ने कोसिस गरे ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले घिसिङलाई हटाउन सरकारले पटक-पटक स्पष्टीकरण सोधेको बताउँदै त्यसले पनि नपुगेर कर्यसम्पादनमा शून्य दिएकोमा आपत्ति जनाए । उनले यसबारेमा रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरे ।

‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र मूल्यांकनमा शून्य अंक दिइएको सुनेका छौँ,’ पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ नाफा लगेका छन् उसलाई शून्य अंक दिएको यो के हो ? सरकारको मूल्यांकन नहेर्ने काम गर्नेको शून्य अंक यो के हो ?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि कुलमान घिसिङलाई शून्य नम्बर दिएको विषय चर्कोसँग उठाए । उनले आफ्ना कार्यकर्ता भर्ती गर्न सरकारले प्राधिकरणबाट घिसिङलाई हटाउन खोजेको आरोप लगाए । उनले एउटा कुलमान हटाएमा हजारौँ कुलमान लिएर आउने चेतावनी पनि सरकारलाई दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक बीना लामाले कार्यसम्पादन मूल्याङ्कनमा कम अंक ल्याएका प्रधानमन्त्री र मन्त्रीहरूले राजीनामा दिनुपर्ने कि नपर्ने भनेर प्रश्न गरिन् । प्राधिकरणबाट घिसिङलाई हटाउने खेल खेल्नुको उद्देश्यबारे उनले गठबन्धन सरकारसँग जवाफ मागिन् ।

रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी ओलीलाई हिटलर बनेको हो भनेर प्रश्न सोध्ने दुईजना युट्युबरहरू किशोर श्रेष्ठ र प्रकाश ओलीको पास निलम्बन गरिएको विषय प्रवेश गराए । सरकारले प्रश्नलाई निषेध गर्न खोजेको उनले बताए । सरकारले प्रश्नमाथि बन्देज लगाउन खोजेको भन्दै हिटलर बन्न खोजेको हो ? भनेर पनि प्रश्न गरे ।

संसद् सचिवालयले निलम्बन गरेका दुई युट्युबरको पास तत्काल फिर्ता गर्न रास्वपा सांसद हरि ढकालले माग गरे। ढकालले सरकारको दबाब र प्रभावमा रहेर संसद् सचिवालयले पास खोसेको आरोप लगाए।

‘संसद् सचिवालयले आज दुईजना पत्रकारको पास खोसेछ। सरकारको दबाब र प्रभावमा रहेर जसरी पास खोसिएको छ, आजै नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ उनले भने।

संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको हो।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले केपी ओली कप फुटबलको फाइनलमा दशरथ रंगशालामा भएको घटनालाई संसदमा उठाए ।
प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको उक्त फाइनलमा दर्शकमाथि कुटपिट गर्नेहरूलाई राज्यले संरक्षण गरेको आरोप लगाए ।

अन्य दलका सांसदहरूले पनि रंगशालामा दर्शकलाई कुट्ने एमाले नेता-कार्यकर्तालाई सरकारले संरक्षण गरेको भन्दै आपत्ति जनाए । दशरथ रंगशलामा इटालीयन गोल रक्षक बफोनसमेत उपस्थित भएको अवस्थामा ओलीविरुद्ध अशिष्ठ शब्दसहित नाराबाजी भएको थियो । त्यसपछि युवा संघका कार्यकर्ता कुटपिटमा उत्रिएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ५५ बजे

राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

हमासलाई ट्रम्पको चेतावनी- ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका

१० खेलाडीमा सीमित बार्सिलोनालाई राफिन्हाले जिताए

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको दोस्रो चरणको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं, फागुन २२ गते। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी