‘होस्टल–३’ काे अग्रिम बुकिङ खुला, हलहरुले दिए उत्साहजनक शो « Khabarhub

‘होस्टल–३’ काे अग्रिम बुकिङ खुला, हलहरुले दिए उत्साहजनक शो


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘होस्टल–३’को अग्रिम टिकट बुकिङ खुलेको छ । हलहरुले प्रदर्शनको दुई दिन अगावै अग्रिम बुकिङ खुलाएका हुन् ।

देशभरका विभिन्न हलमा १२० भन्दा बढी शोका लागि अग्रिम टिकट बुकिङ खुलाइएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो र दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले १५ शो दिएको छ ।

वन सिनेमाजमा ९, बिग मुभिजले ५, एफक्युब सिनेमामा ५ र बीएसआर सिनेमाजमा ४ शोका लागि अग्रिम टिकट बुकिङ खुलाएका हुन् ।

हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस चलचित्रको ओपनिङ राम्रो हुने देखिन्छ ।

‘होस्टल -३’ फिल्म ‘होस्टेल’को तेस्रो शृङ्खला हो । यसअघिका दुई श्रृङ्खला बक्स अफिसमा सफल भएका थिए ।

‘होस्टल ३’ को ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् । ट्रेलर नेपालसिहतका विभिन्न देशको ट्रेन्डिङमा परेकाले पनि दर्शकले मनपराएको बुझ्न सकिन्छ ।

निर्देशक सशान कँडेलले यस फिल्ममा नयाँ अनुहारलाई अवसर दिएका छन् । यस फिल्मको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय रहेको छ ।

यी मध्ये आशिषबाहेक सबैको ठूलो पर्दामा डेब्यू हो । फिल्ममा वार्डेनको भूमिकामा नायक प्रवीण खतिवडा छन् । फिल्मको कथा माधव शर्माले लेखेका हुन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ९ : ०८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार