‘होस्टल–३’ काे अग्रिम बुकिङ खुला, हलहरुले दिए उत्साहजनक शो « Khabarhub

‘होस्टल–३’ काे अग्रिम बुकिङ खुला, हलहरुले दिए उत्साहजनक शो


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘होस्टल–३’को अग्रिम टिकट बुकिङ खुलेको छ । हलहरुले प्रदर्शनको दुई दिन अगावै अग्रिम बुकिङ खुलाएका हुन् ।

देशभरका विभिन्न हलमा १२० भन्दा बढी शोका लागि अग्रिम टिकट बुकिङ खुलाइएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो र दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले १५ शो दिएको छ ।

वन सिनेमाजमा ९, बिग मुभिजले ५, एफक्युब सिनेमामा ५ र बीएसआर सिनेमाजमा ४ शोका लागि अग्रिम टिकट बुकिङ खुलाएका हुन् ।

हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस चलचित्रको ओपनिङ राम्रो हुने देखिन्छ ।

‘होस्टल -३’ फिल्म ‘होस्टेल’को तेस्रो शृङ्खला हो । यसअघिका दुई श्रृङ्खला बक्स अफिसमा सफल भएका थिए ।

‘होस्टल ३’ को ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् । ट्रेलर नेपालसिहतका विभिन्न देशको ट्रेन्डिङमा परेकाले पनि दर्शकले मनपराएको बुझ्न सकिन्छ ।

निर्देशक सशान कँडेलले यस फिल्ममा नयाँ अनुहारलाई अवसर दिएका छन् । यस फिल्मको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय रहेको छ ।

यी मध्ये आशिषबाहेक सबैको ठूलो पर्दामा डेब्यू हो । फिल्ममा वार्डेनको भूमिकामा नायक प्रवीण खतिवडा छन् । फिल्मको कथा माधव शर्माले लेखेका हुन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ९ : ०८ बजे

पञ्चैबाजा समूहबाट लोकबाजा स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण