रवि लामिछानेलाई रुपन्देही लगियो « Khabarhub

रवि लामिछानेलाई रुपन्देही लगियो


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही लगिएको छ ।

लामिछानेलाई यति एयरलाइन्सको पहिलो उडानबाट रुपन्देही लगिएको प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार आज र भोलि सार्वजनिक बिदान भएकाले लामिछानेलाई दुई दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ ।

सुप्रिम सहकारीको रकम ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

उक्त आदेश लगत्तै प्रहरीले शुक्रबार राति लामिछानेको निवास बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको थियो । गएराति उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको थियो ।

यसअघि माघ १३ गते लामिछाने १ करोड धरौटी बुझाएर रिहा भएका थिए । जिल्ला अदालतको आदेश उच्च अदालतले उल्टाइदिएपछि उनी दोस्रो पटक पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ४९ बजे

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३