रवि लामिछानेलाई रुपन्देही लगियो « Khabarhub

रवि लामिछानेलाई रुपन्देही लगियो


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही लगिएको छ ।

लामिछानेलाई यति एयरलाइन्सको पहिलो उडानबाट रुपन्देही लगिएको प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार आज र भोलि सार्वजनिक बिदान भएकाले लामिछानेलाई दुई दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ ।

सुप्रिम सहकारीको रकम ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

उक्त आदेश लगत्तै प्रहरीले शुक्रबार राति लामिछानेको निवास बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको थियो । गएराति उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको थियो ।

यसअघि माघ १३ गते लामिछाने १ करोड धरौटी बुझाएर रिहा भएका थिए । जिल्ला अदालतको आदेश उच्च अदालतले उल्टाइदिएपछि उनी दोस्रो पटक पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ४९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ