खाना पकाउँदै गर्दा अचानक भान्सा कोठामा गोली खसेपछि… « Khabarhub

खाना पकाउँदै गर्दा अचानक भान्सा कोठामा गोली खसेपछि…


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा गोली चलेको छ । सुर्खेतको वीरेन्द्रनगर–१० स्थित स्थानीय टीका रिजालको भान्सामा एक्कासी गोली खसेको हो । चैते दशैंको दिन घरमा खाना पकाउँदै गर्दा अज्ञात स्थानबाट प्रहार भएको गोली टिनको पाता छेडेर भान्सामा खसेको छ ।

गोली कसले र किन चलायो भन्ने खुलेको छैन । तर, रिजालको घरमा खसेको गोली भान्सामा खस्दा प्लास्टिक र फिउस आल्मुनियमको बाटामा प्वाल पारेको छ ।

गोली पड्केको आवाज आएपछि आफूहरु भागेको रिजालले बताइन् । ‘खाना पकाइरहेको बेला गोलीको एक्कासी आवाज आयो,’ उनले भनिन्,‘हामी भागेर बाहिर आयो । ठुलो ठुला आवाज आयो ।’

आज चैते दशैं भएकाले हर्ष बढाइ गर्ने क्रममा गोली घरमा खसेको अनुमान जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले बताए । ‘नजिकैबाट गोली हानेको भए खोका पनि भेटिनुपर्ने हो, गोली खसेको घर आसपासमा खोज्दा भेटिएन’ उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान थालिसकेको छ । यद्यपि गोली भेटिएको घर आसपास नजिकै पड्काएको हैन, टाढै पड्काउँदा त्यहाँ खसेको अनुमान छ ।’

भेटिएको गोली एसएमजी, थ्रि नट थ्रि राइफल र एसएलआर हतियारमा लाग्ने हो । गोली भेटिएपछि गोलीको पहिचान र खसेको दिशा पत्ता लगाउन अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ३४ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको