खाना पकाउँदै गर्दा अचानक भान्सा कोठामा गोली खसेपछि… « Khabarhub

खाना पकाउँदै गर्दा अचानक भान्सा कोठामा गोली खसेपछि…


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा गोली चलेको छ । सुर्खेतको वीरेन्द्रनगर–१० स्थित स्थानीय टीका रिजालको भान्सामा एक्कासी गोली खसेको हो । चैते दशैंको दिन घरमा खाना पकाउँदै गर्दा अज्ञात स्थानबाट प्रहार भएको गोली टिनको पाता छेडेर भान्सामा खसेको छ ।

गोली कसले र किन चलायो भन्ने खुलेको छैन । तर, रिजालको घरमा खसेको गोली भान्सामा खस्दा प्लास्टिक र फिउस आल्मुनियमको बाटामा प्वाल पारेको छ ।

गोली पड्केको आवाज आएपछि आफूहरु भागेको रिजालले बताइन् । ‘खाना पकाइरहेको बेला गोलीको एक्कासी आवाज आयो,’ उनले भनिन्,‘हामी भागेर बाहिर आयो । ठुलो ठुला आवाज आयो ।’

आज चैते दशैं भएकाले हर्ष बढाइ गर्ने क्रममा गोली घरमा खसेको अनुमान जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले बताए । ‘नजिकैबाट गोली हानेको भए खोका पनि भेटिनुपर्ने हो, गोली खसेको घर आसपासमा खोज्दा भेटिएन’ उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान थालिसकेको छ । यद्यपि गोली भेटिएको घर आसपास नजिकै पड्काएको हैन, टाढै पड्काउँदा त्यहाँ खसेको अनुमान छ ।’

भेटिएको गोली एसएमजी, थ्रि नट थ्रि राइफल र एसएलआर हतियारमा लाग्ने हो । गोली भेटिएपछि गोलीको पहिचान र खसेको दिशा पत्ता लगाउन अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ३४ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन