अन्नपूर्ण ट्रेकिङ मार्गमा हराएका चिनियाँ पर्यटकको शव ८ दिनपछि भेटियो « Khabarhub

अन्नपूर्ण ट्रेकिङ मार्गमा हराएका चिनियाँ पर्यटकको शव ८ दिनपछि भेटियो


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

पोखरा- अन्नपूर्ण आधार शिविर एबीसी क्षेत्रमा हराएका चिनियाँ नागरिकको शव ८ दिनपछि फेला परेको छ। मोदी नदी किनार नजिक शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल कालिका गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

चैत ११ गते अन्दाजी १२ः३० बजे अन्नपूर्ण गाउँपालिका ११, देउरालीस्थित चुम्रुङ क्षेत्रमा आएको हिमपहिरोका कारण इचेङ युयान नामका २८ वर्षीय चिनियाँ नागरिक सम्पर्कविहीन भएका थिए । उनी अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ फर्कँदै गर्दा बेपत्ता भएका थिए ।

स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले प्रारम्भिक खोजी कार्य गरे पनि सफलता नपाएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चैत १६ गते बिहान ५ः५० बजे सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली आवश्यक उपकरणसहित परिचालन गरिएको थियो ।

लगातारको प्रयासपछि चैत २३ गते बिहान ८:३० बजेबाट खोजी कार्यमा खटिएको उक्त टोलीले बिहान १०ः१५ बजे मोदी नदीको किनारबाट करिब २० मिटर उत्तरतर्फ झोला बोकेको, घोप्टो परेको अवस्थामा शव फेला पारेको जनाएको छ। शवलाई घटनास्थलबाट ११ः२० बजे बाहिर निकालिएको हो।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  २ : १६ बजे

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई