अन्नपूर्ण ट्रेकिङ मार्गमा हराएका चिनियाँ पर्यटकको शव ८ दिनपछि भेटियो « Khabarhub

अन्नपूर्ण ट्रेकिङ मार्गमा हराएका चिनियाँ पर्यटकको शव ८ दिनपछि भेटियो


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

पोखरा- अन्नपूर्ण आधार शिविर एबीसी क्षेत्रमा हराएका चिनियाँ नागरिकको शव ८ दिनपछि फेला परेको छ। मोदी नदी किनार नजिक शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल कालिका गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

चैत ११ गते अन्दाजी १२ः३० बजे अन्नपूर्ण गाउँपालिका ११, देउरालीस्थित चुम्रुङ क्षेत्रमा आएको हिमपहिरोका कारण इचेङ युयान नामका २८ वर्षीय चिनियाँ नागरिक सम्पर्कविहीन भएका थिए । उनी अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ फर्कँदै गर्दा बेपत्ता भएका थिए ।

स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले प्रारम्भिक खोजी कार्य गरे पनि सफलता नपाएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चैत १६ गते बिहान ५ः५० बजे सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली आवश्यक उपकरणसहित परिचालन गरिएको थियो ।

लगातारको प्रयासपछि चैत २३ गते बिहान ८:३० बजेबाट खोजी कार्यमा खटिएको उक्त टोलीले बिहान १०ः१५ बजे मोदी नदीको किनारबाट करिब २० मिटर उत्तरतर्फ झोला बोकेको, घोप्टो परेको अवस्थामा शव फेला पारेको जनाएको छ। शवलाई घटनास्थलबाट ११ः२० बजे बाहिर निकालिएको हो।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  २ : १६ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको