‘अवतार’ फ्रेन्चाइजको मूल कथानक ‘थर्ड पार्ट’ मा ‘ट्वीस्ट’ | Khabarhub Khabarhub

‘अवतार’ फ्रेन्चाइजको मूल कथानक ‘थर्ड पार्ट’ मा ‘ट्वीस्ट’


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौंः जेम्स क्यामरुनको अवतार शृङ्खलामा नावी जातिलाई मुख्य नायकको रूपमा देखाइँदै आएको छ । मानिसलाई उपनिवेशकर्ता वा कब्जा गर्ने खलनायकको रूपमा देखाइएको थियो । तर, अब यसको कथा ‘अवतारः फायर एन्ड ऐश’ मा परिवर्तन हुँदैछ ।

हलिउडको चर्चित फिल्म ‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्ट ‘अवतारः फायर एन्ड ऐश’ को मूल कथा सार्वजनिक भएको छ । फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको नजर छ र अब यससँग सम्बन्धित महत्वपूर्ण जानकारी पनि बाहिर आएको छ ।

‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्टको रिलिज मितिदेखि फिल्मको अर्को भागसम्मको कथाका केही महत्वपूर्ण अंशहरु सार्वजनिक भएका छन् । फिल्ममा खलनायक को बन्ने भन्ने पनि बताइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार निर्देशक जेम्स क्यामरुनले भने कि अवतार फिल्म शृङ्खलाको अर्को भागले पान्डोरा चन्द्रमामा सुली परिवारका लागि नयाँ चुनौती ल्याउनेछ । वाल्ट डिज्नीले बिहीबार अर्थात् ३ अप्रिलमा यस फिल्मको पहिलो झलक देखाएको छ ।

‘अवतारः फायर एण्ड ऐश’ ले निलो नाई जनताको कथालाई निरन्तरता दिनेछ र फिल्म रिलिज भएपछि दर्शकलाई चकित पार्न सक्ने केही कुरा अगाडि देखाइने छ ।
साम वर्थिङ्टनले जेक सुलीको भूमिका निभाएका छन् भने साल्दानाले उनकी श्रीमती नेतिरीको भूमिका निर्वाह गरेकी छन् ।

निर्देशकले लस भेगासमा भएको सिनेमा कन कार्यक्रममा भिडियोमार्फत सबै जानकारी दिएका हुन् । जेम्स क्यामरुनले न्यूजिल्याण्डलाई भनेका थिए कि ‘अवतार’ को तेस्रो भागमा कथा वास्तवमा सुली परिवारलाई केन्द्रमा राखेर लेखिएको हो । चलचित्रमा केही कुरालाई नयाँ ढङ्गले देखाइएको छ, जुन दर्शकले मन पराउने छन् ।

‘अवतारः फायर एन्ड ऐश’ यसै वर्षको डिसेम्बर १९ मा विश्वभर रिलिज हुँदैछ । यो जानकारी यसअघि नै १० अगस्ट २०२४ मा अवतारको आधिकारिक इन्स्टाग्राम पृष्ठमा सार्वजनिक गरिएको थियो । यसको अन्तिम दुई भाग अवतार (२००९) र ‘अवतारः द वे अफ वाटर’ ब्लकबस्टर साबित भइसकेको छ ।

अब फ्यानहरु तेस्रो भागको प्रतिक्षामा छन् तर यसको प्रतिक्षा पनि यसै वर्ष समाप्त हुनेछ । फिल्ममा जोय सलदाना, सैम वर्थिंगटन, सिगोर्ने वियर र माइकल रोड्रीगजजस्ता कलाकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : ४२ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति