बार एसोसिएसनको २७ औँ केन्द्रिय कार्यसमितिका लागि मतदात सम्पन्न « Khabarhub

बार एसोसिएसनको २७ औँ केन्द्रिय कार्यसमितिका लागि मतदात सम्पन्न


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एसोसिएसनको २७औँ केन्द्रिय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले आज बिहान ८ बजेदेखि सुरु भएर अपराह्न ४ बजेतिर मतदान सम्पन्न भएको जानकारी दिए ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

महासचिवमा वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी रहेको छ ।

प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार नयाँ कार्यसमिति छनोटका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् । निर्वाचनमा २५ जनाका लागि ५७ को उम्मेदवारी परेको छ । मतदानका लागि काठमाडौँ र बाहिर गरी ३६ वटा केन्द्र रहेका छन् । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ । यस केन्द्रमा करिब छ हजार मतदाता रहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ५ : ५३ बजे

एमाले संसदीय दल- जिम्मेवारी पाएँ खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय