खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण | Khabarhub Khabarhub

खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले किसानका खेतबारीमै पुगेर कृषिबालीको उपचार गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले नगरभित्र व्यावसायिक खेती गर्ने किसानका खेतबारीमै समस्या समाधान गर्न थालेको हो ।

पहिलो चरणमा वडा नं १० को बेतीनी र वडा नं ७ को विगुटारको सुर्केमा बाली उपचार शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । कृषि शाखा प्रमुख अस्मिता दाहालले शिविरमा दुई वडाका ८५ जना कृषकले बोटबिरुवा तथा बाली उपचार सेवा लिएको बताए ।

उनका अनुसार वडानं १० मा भएको शिविरमा ल्याइएका बोटबिरुवा तथा बाली परीक्षण गर्दा खुर्सानीमा औँसा किरा, आपमा ‘म्याङ्गो माल्फर्मेशन’, केरामा ‘पानामा रोग’, सुन्तलामा फूल झर्ने, तरकारीमा किरा लाग्नेलगायत समस्या देखिएको थियो ।

यस्तै, सिद्धिचरण–७ सुर्केमा सञ्चालित शिविरमा टमाटर, काँक्रा र तरकारी बालीमा ‘टुटा अप्सुलेटा’, केरामा ‘पानामा रोग’, तोरी सागमा लाइकिराको प्रकोप भेटिएको थियो ।

बाली तथा बोटबिरुवा विज्ञद्वारा समस्याको पहिचान गरी आवश्यक परामर्शसहित सिद्धिचरण–१० का ५२ र ७ का ३३ जना कृषकलाई औषधि तथा विषादी वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

गाउँमा कृषि प्राविधिक आएर खेतबारीमा लगाइएका फलफूल, अन्नबाली तथा तरकारीबालीमा देखिएका समस्या समाधान गरिदिएपछि किसान उत्साहित भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ०५ बजे

अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल

क्वालालम्पुर– व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व : कावा सभापति खड्का

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव

रैथाने ‘अनदी धान’ लोपोन्मुख अवस्थामा

कञ्चनपुर– रैथाने धानका जात मध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, तैनाथ गरियो प्रहरी (तस्बिरहरू)

काठमाडौं- चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

छठ पर्वप्रति नेपालगन्जवासीको मोह बढ्दै

राँझा–  पश्चिम तराईको सहर नेपालगन्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको