वासन्ती नवरात्रः दुर्गा भवानीको ‘खोइछ’ भरिँदै « Khabarhub

वासन्ती नवरात्रः दुर्गा भवानीको ‘खोइछ’ भरिँदै


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – वासन्ती नवरात्रको अवसरमा महोत्तरीसहित मधेशका जिल्लामा देवी दुर्गाको ‘खोइछ’ ९पोल्टा० भरिँदै छ । पहाडी क्षेत्रमा चैते दसैँ भनिने वसन्त ऋतुको नवरात्रको अवसरमा मैथिल श्रद्धालुहरू आज देवी दुर्गाका प्रतिमाको ‘खोइछ’ भर्दैछन् ।

शारदीय र वासन्ती गरी वर्षमा दुई पटक मनाइने नवरात्रमा हिन्दूमैथिल परम्परामा देवीपूजन र आराधना गरिन्छ । यसअवसरमा देवी दुर्गाको पुकारा गर्दै भाकल गरेकाहरूले देवीको ‘खोइछ’ भरिरहेका हुन् ।

हिन्दू परम्परामा वर्षमा दुई पटक मनाइने नवरात्र पर्व असोज शुक्लपक्ष र चैत शुक्लपक्षमा पर्छ । दुवैै नवरात्र शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म मनाइन्छन् । यसरी असोजमा मनाइने नवरात्रलाई शारदीय र चैतमा मनाइनेलाई वासन्ती भनिने मैथिल चलन छ । दुवै नवरात्रमा समान विधिले दुर्गापूजा र आराधना गरिन्छ ।

अहिले वासन्ती नवरात्रको आठौं दिन आज अष्टमी तिथिका दिन महोत्तरीका देवी शक्तिपीठ र मन्दिरहरुरूमा ‘खोइछ’ दिनेहरुरूको लाम छ । बर्दिबास—४ स्थित पञ्चधुरा माई मन्दिर, बर्दिबास—१४ हटियास्थित दुर्गा मन्दिर, औरही—७ भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माईलगायत ठाउँमा श्रद्धालुहरुरू देवी प्रतिमाको ‘खोइछ’ भर्दैछन् । यो क्रम भोलि नवमीसम्म रहने छ ।

विभिन्न समयमा मनोकामनाका लागि गरिएका भाकलअनुसार देवीको सारीको अँचरा ९पोल्टा० मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलपूmल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ । देवी मन्दिरमा ‘खोइछ’ भर्न लाम लाग्नेमा महिलाको सङ्ख्या धेरै छ ।

‘खोइछ’ भरिने क्रमसँगै वासन्ती नवरात्र अब अन्तिम चरणमा छ । शारदीय नवरात्रमा नवमीपछि मान्यजनका हातबाट टीकाजमरा लगाउने चलन वासन्ती नवरात्रमा छैन । यसैले वासन्ती नवरात्रको उत्सव नवमीसमाप्तिसँगै समापन हुने परम्परा छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ३३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले