‘महाराजधिराज’मा आर्यनको प्रवेश, आउला त फूलपातीमा ? | Khabarhub Khabarhub

‘महाराजधिराज’मा आर्यनको प्रवेश, आउला त फूलपातीमा ?


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परिचछेच्द सेनको लेखन र निर्देशन रहने फिल्म ‘महाराजधिराज’मा नायक आर्यन सिग्देलको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार आर्यन अनुबन्ध भएको सार्वजनिक गरेको हो ।

यसअघि नै फिल्ममा नायकद्वय पल शाह र रमेश उप्रेती फाइनल भएका छन् । नायक जयकिशन बस्नेत पनि यस फिल्ममा फाइनल भएका छन् ।

आर्यनको प्रवेशले कलाकारहरुको लाइअप रोचक देखिएको छ । यी दुवैको मुख्य भूमिकामा रहने निर्देशन सेनले बताएका छन् ।

फरक चरित्रका लागि प्रस्ताव आएकाले यस फिल्ममा जोडिएको नायक आर्यनले बताए ।

निर्माण पक्षका अनुसार यो फिल्मका कलाकार चयनको काम अझैँ बाँकी छ । फिल्ममा अरु थप चर्चितअनुहार भित्र्याउने तयारीमा रहेको बुझिएको छ । मुख्य त नायिका चयनको काम नै बाँकी छ ।

यो फिल्मको प्रदर्शन मिति आगामी फूलपातीलाई तोकिएको छ । कहिलेबाट छायाङ्कनमा निस्कने भन्नेबारे निर्माण पक्ष अझै अन्योलमा छ ।

यो फूलपातीमा अहिलेसम्म ५ भन्दा बढी फिल्मले प्रदर्शन मिति तोकेको छन् । घोषणाअनुसार ती सबै फिल्म प्रदर्शनमा आए भने फूलपातीमा पाँचभन्दा बढी फिल्मले हलमा प्रतिस्पर्धा हुने देखिएको छ ।

‘महाराजधिराज’ फूलपातीमै प्रदर्शनमा ल्याउने भए निर्देशक सेनसँग पाँच महिनाको मात्रै समय छ । यो अवधिमा कलाकार चयन, प्रि पोडक्सन, छायाङ्कन र पोस्ट प्रोडक्सनको काम सक्नुपर्ने चुनौती उनीसँग छ ।

सेनले यसअघि ‘प्रेमगञ्ज’ र ‘बुलाकी’ जस्ता फिल्म निर्माण गरेको छ । उनको यो फिल्म ‘मल्टिस्टारर’ बन्ने देखिन्छ । यसका निर्माताहरु टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : ५० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक