आज २०८२ साल वैशाख २२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २२ गते सोमबारको राशिफल


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २२ गते सोमबार। वैशाख शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ मे ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंले अरुलाई काम लगाएर फाइदा लिनुपर्ने दिन छ। सोचेर बोल्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृष : निजी धनको सदुपयोग गर्ने दिन हो। लगानीको क्षेत्र छनोट आफैले गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानी बढ्नेछ। विदेश यात्रा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आम्दानी भए पनि सदुपयोग नहुँदा मिहिनेतको फल प्राप्त नहुनसक्छ। सत्य बोल्ने मान्छेसँग मात्र संगत गर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

कर्कट : काम गर्नु अगाडि पूर्व तयारी आवश्यक देखिन्छ। परिवारसँग सल्लाह गरेको कामबाट मात्र फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट मन खुशी हुनेछ। दोहोरो कुरा गर्नेसँग सचेत हुनु राम्रो हुन्छ।

सिंह : बुद्धिको प्रयोग गरेर जीवनलाई अगाडि बढाउनु राम्रो हुन्छ। रिसले तपाईंको क्षति हुनेछ। सनकको भरमा कुनै पनि काम नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य र आफन्तबाटै काममा अवरोध हुनसक्छ। आफू भन्दा ठुलाको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

तुला : धेरै जनाको चित्त बुझाउने काम गर्दा आफूलाई घाटा हुनेछ। सोचेर गरेको लगानी भए शिक्षामा फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। विदेशमा भन्दा स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ।

वृश्चिक : आफू भित्रको खुशी भुलेर बाहिर खुशी खोज्दा निराश हुनुपर्नेछ। आफूभित्र रमाउन सकेमा हरेक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक लगानीबाट राम्रो हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

धनु : नयाँनयाँ सम्भावनाका ढोका खुल्नेछ। मन उत्साहित हुनेछ। अधुरा योजना सञ्चालन हुनेछन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। गुरुको आर्शिवादले मन खुशी हुनेछ।

मकर : सञ्चित धन जोगाउनुपर्ने समय छ। ठूलो खर्च नगरेको राम्रो हुनेछ। थोरै बोलेर धेरै काम गर्नुपर्नेछ। बिहानै शिवको भजन सुन्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ। सकारात्मक ठाउँमा शनिदेव भए उन्नतिको अवसर मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट फाइदा हुनेछ।

मीन : बोल्दा सचेत हुनुपर्नेछ। अहिले साढे सात चल्दैछ। शनिबार वर र पिपलको दर्शन गर्नु राम्रो हुनेछ। परिवारको साथ निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ५ : ०४ बजे

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी