रोमानिया निर्वाचन : ट्रम्प समर्थक साइमनलाई सफलता « Khabarhub

रोमानिया निर्वाचन : ट्रम्प समर्थक साइमनलाई सफलता


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

रोमानिया – रोमानियामा राष्ट्रपति पदका लागि भएको पहिलो चरणको निर्वाचनमा राष्ट्रवादी जर्ज साइमनले सफलता पाएका छन्। पहिलो चरणमा ४० प्रतिशत मत पाएका उनी दोस्रो कार्यकालका लागि प्रस्ट दाबेदार हुन्।

बुखारेस्टका लिबरल पार्टीका मेयर निस्र डान सरकार गठबन्धनका उम्मेदवार क्रिन एन्टेनकउसले समान २१ प्रतिशत मत पाए। ६ महिनाअघि रोमानियामा भएको निर्वाचन विवादमा सकिएको थियो। सो निर्वाचनमा कालिन अजेउस्काउले आश्चर्यजनक रूपमा सफलता पाएका थिए। निर्वाचन परिणामलाई रुसी हस्तक्षेप र धाँधली भन्दै अस्वीकार गरिएको थियो।

आइतबार निर्वाचनपछि साइमनले सबैलाई धन्यवाद दिँदै यो परिणामलाई विश्वास र एकबद्धताको प्रतीकको रूपमा लिएको बताए। साइमन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुन्। उनले आफू राष्ट्रपति भएमा नाटोको उपस्थिति बलियो हुने तथा अमेरिकी सेनाको अमेरिकामा उपस्थिति हुने बताएका थिए।

रोमानियाको यो निर्वाचनलाई युरोपेली युनियन, अमेरिका, युक्रेन र रुसमा चासो पूर्वक हेरिएको थियो। युक्रेनमा जाने धेरै हतियारको ट्रान्जिट रोमानिया हो। रोमानियामा अमेरिकी मिसाइल सिल्ड छ। साथै नाटोका विमान युक्रेनको सीमा, माल्डोभा र ब्ल्याक सीमा जाने विमान उड्ने तीन एयरबेस छन्।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : ०१ बजे

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये