ओडिसाको कलेजमा नेपाली छात्राको मृत्युबारे छानबिन गर्न सरकारलाई सभामुखको रूलिङ « Khabarhub

ओडिसाको कलेजमा नेपाली छात्राको मृत्युबारे छानबिन गर्न सरकारलाई सभामुखको रूलिङ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राहरूको मृत्यु प्रकरणमा चासो व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले केआईआईटीमा भएको घटनाबारे गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरुले उक्त विद्यालयमा केही दिनअघि मृत फेला परेकी प्रिशा साहको मृत्यु प्रकरणबारे प्रश्न उठाएका थिए ।

प्रतिनिधिसभामा उठेको प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभामुख घिमिरेले घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग छलफल गर्न र मृतकका परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देशन दिए ।

‘उज्यालो भविष्यको सपना बोकेर विदेशिएका विद्यार्थीहरुको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछ्,’ सांसदहरुले उठाएको प्रश्नबारे सरकारको ध्यानाकर्षण गराउँदै घिमिरेले भने ।

सभामुख घिमिरेले विदेशमा अध्ययनरत नेपालीहरुको सुरक्षा सुनिश्चित गर्न/गराउन आवश्यक व्यवस्था गर्नसमेत सरकारलाई निर्देशन दिएका छन् ।

पर्साको वीरगञ्ज निवासी प्रिशा गत बिहीबार राति होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । गत फागुन ४ मा पनि त्यही विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल होस्टलभित्र मृत फेला परेकी थिइन् । त्यस घटनाको छानबिन माग गरेका ७ सय बढी नेपाली विद्यार्थीलाई कलेज व्यवस्थापनल ज्यादती गर्दै निकालेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : २१ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका