माओवादी नेता शाहीले भने- एमालेका कारण कर्णाली प्रदेश भिखारी भयो « Khabarhub

माओवादी नेता शाहीले भने- एमालेका कारण कर्णाली प्रदेश भिखारी भयो


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश नेकपा (एमाले) कारण भिखारी बन्न पुगेको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले कर्णाली गरिब हुनुको दोष एमालेमाथि थोपरेका हुन् ।

कर्णालीकै पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले त्यहाँका जनताले खान पाएका थिएनन् भनेर बदनाम गर्न खोजिएको बताएका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत चैत २६ गते सुर्खेतमा आयोजित एमालेको जागरणसभामा कर्णालीका जनताले गणतन्त्र आएपछि मात्रै खान पाएको बताएका थिए ।

पोखरेलले ‘गणतन्त्र आएपछि मात्रै कर्णालीका मान्छेले भात खान पाएका हुन्’ भनेर दिएको अभिव्यक्तितिर लक्षित गर्दै शाहीले एमालेका कारण गरिबी बढेको आरोप लगाए ।

‘कर्णाली प्रदेशका जनताले भात खान पाएका थिएनन् भनेर जिम्मेवार नेताहरू नै बोलेर हिँड्छन् । कर्णाली प्रदेश साँच्चिकै सम्पन्नमध्ये हो’, उनले भने, ‘तर सम्पन्न कर्णाली प्रदेश एमालेकै कारण भिखारी भयो ।’

उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छिरेपछि कर्णाली प्रदेशको झन् बदनाम गरिएको बताए । ‘एनजीओकै कारण कर्णाली गरिब भयो’, उनले भने, ‘कर्णालीको गरिबी देश-विदेशमा बेचेर खाने काम भयो । त्यहाँका फोटो लगेर संसारभर बेचेर खाने काम गरियो । यसरी कर्णालीको बदनाम गरियो ।’

यसअघि गत चैत २६ गते एमाले महासचिव पोखरेलले दिएको अभिव्यक्ति विवादमा परेको थियो । उनले कर्णालीको इतिहास नबुझी होच्याएर बोलेर त्यहाँका बासिन्दाको अपमान गरेको भन्दै आलोचना भएको थियो ।

‘दशैँका बेला एकमाना चामल पायो भने टीका लगाउन पाइन्थ्यो भन्ने कर्णालीबासी आज चामलको भात खान सक्ने भएका छन्,’ उनले चैत २६ गते सुर्खेतमा भनेका थिए, ‘के कारणलेभन्दा जिल्ला–जिल्लामा बाटो पुगेको छ । त्यो के कारणले कर्णालीबासीले अहिले भात खान पाएका छन् । यो सबै गणतन्त्रको कारण हो ।’

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ०५ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका