‘सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक’ « Khabarhub

‘सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक’


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना भए पनि गति लिन नसकेकाले यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा ध्यानाकर्षण गराए।

सांसद घनश्याम रिजालले दोलखाको लामाबगर फलाक नाकाले आयात र निर्यात तथा पर्यटनको माध्यमबाट लाभ लिन सक्ने उल्लेख गर्दै सञ्चालनमा ल्याउन माग गरे। सांसद पूजा चौधरीले सुशान्त वली र प्रिसा साहको मृत्युप्रति समवेदना व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताइन्।

सांसद रुक्मणी कोइरालाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगका घटना बढेकाले नियमन हुन आवश्यक रहेको बताइन्। सांसद रेणु चन्दले अछामको जयगढ बजार र साँफेबगरको हाटबजारमा भएको आगलागीले जनधनको क्षति पुगेकाले अस्थायी आवास र बजार पुनःस्थापन गर्न माग गरिन्।

सांसद विष्णुकुमारी सापकोटाले बर्खायाम सुरु हुन लाग्दा सडक निर्माण चाँडो हुनुपर्नेमा जोड दिइन् । सांसद विष्णुदेवी पुडासैनीले बालविवाहका घटना हुन नदिन काम गर्नुपर्छ भनिन्। सांसद विष्णुबहादुर विश्वकर्माले काठमाडौँको तीनकुने घटनाको छानबिनको माग गरे। सांसद श्रीकृष्णप्रसाद अधिकारीले लेखा समितिमा परेका उजुरी अलपत्रमा परेको उल्लेख गर्दै आर्थिक अनियमितता रोक्न सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

सांसद सावित्री मल्लले दैलेखमा प्राकृतिक विपद्बाट क्षति पुगेको र विपद् न्यूनीकरणका लागि उपाय खोज्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ५८ बजे

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको