मनाङका सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण « Khabarhub

मनाङका सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आयोजित सुरक्षा समितिको बैठकपछि उद्धार सामग्री हस्तान्तरण गरेका हुन् ।

उद्दार सामग्रीमा डोरी, ज्याकेट, जुत्ता, पञ्जा, हेलमेट, हार्नेसलगायत १६ प्रकारका सामान रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उद्धार तथा सुरक्षाका सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री पाण्डेले बर्खा लागेसँगै दैवीप्रकोपका घटना बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।

हिमाली क्षेत्रमा घट्ने घटनामा सुरक्षा निकायलाई सबल बनाउन आफूहरू लागि पर्ने उनले बताए । 

‘जलवायु परिवर्तनका कारण मनाङजस्ता हिमाली जिल्लामा पछिल्लो समय बाढीपहिरोका घटना बढेका छन् । धेरै ठूला लेक तथा पहाड भएका स्थानमा घटना हुँदा हाम्रो क्षमता र दक्षताको परीक्षण हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सरकारका तर्फबाट उद्धारलाई चुस्त बनाउन प्रदेश सरकार लागि पर्ने छ । त्यसै क्रममा सङ्घीय गृहमन्त्री र सरकारसँग पनि छलफल गरिरहेको छु ।’

मुख्यमन्त्री पाण्डेले मनाङको शान्ति, सुरक्षा र वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए । यहाँका जनप्रतिनिधि तथा स्थानीयसँग भेटघाटपछि आयोजित जिल्ला सुरक्षा समितिको बैठकमा उनले नागरिकप्रति जिम्मेवार भएर सेवा प्रवाह गर्न, साथै विपद्, राहत र उद्दारप्रति संवेदनशील हुन निर्देशन दिएका थिए ।

मुख्यमन्त्रीको उपस्थितिमा बसेको सुरक्षा समितिको बैठकले उद्धारमा चनाखो रहने, आवश्यक सामग्री र जनशक्तिको व्यवस्था गर्ने, समयमै उद्धार तथा समस्या समाधानमा लाग्ने निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ०२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ