शेखरको स्पष्टीकरण- म अहिलेको सरकार ढाल्ने पक्षमा छैन « Khabarhub

शेखरको स्पष्टीकरण- म अहिलेको सरकार ढाल्ने पक्षमा छैन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगायतमा सरकार चुकेको बताए ।

उनले एमाले–कांग्रेसको दुईतिहाइ संख्याले नभई सदनका सबै दलका साथै सरोकारवालाको राय लिएर संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।

त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे । आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको उनले बताए । कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए ।

उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे । संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ४५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल