पत्रकार दीपेश केसीलाई सर्वोच्चले माग्यो पाँच हजार धरौटी | Khabarhub Khabarhub

पत्रकार दीपेश केसीलाई सर्वोच्चले माग्यो पाँच हजार धरौटी


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेपाली पेन मिडिया प्रालिका प्रधान सम्पादक दीपेश केसीलाई पाँच हजार रूपैयाँ धरौटी माग गरेको छ ।

केसीको बयानले अदालतको अवहेलनाको कसूरदार होइनन् भन्न मिल्ने अवस्था नदेखिँदा कसूरको प्रकृति हेरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम नगद ५ हजार रुपैयाँ धरौटी माग गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालतकी नायव सुब्बा कमला रेग्मीले ‘नेपाली पेन’ अनलाइन सञ्चारमाध्यमलाई समेत विपक्षी बनाई दायर गरेको निवेदनमा सोमबार न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले केसीसँग उक्त धरौटी माग गरेको हो ।

नासु रेग्मीसहित कम्प्युटर अधिकृत रमेश बजगाईंले पत्रकार केसीद्वारा सञ्चालित अनलाइनले अदालतको अवहेलना हुने काम गरेकाले संविधानको धारा १२८ (४) र न्याय प्रशासन ऐन २०७३ को दफा १७ (१) बमोजिम सजाय माग गर्दै निवेदन पेश गरेका थिए ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै यसअघि वैशाख १० मा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतले केसीलाई बयानका लागि बोलाउन आदेश दिएको थियो ।

उक्त समाचारका कारण अदालतको अवहेलना भएको भन्दै परेको रिटमा नेपाली पेन अनलाइनका सम्पादक र प्रकाशक दीपेश केसीलाई बयान दिन सर्वोच्चले वैशाख १० मा आदेश दिएको थियो।

अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले बयान गराउने आदेश गरेपछि केसी सोमबार उपस्थित भएका हुन् ।

‘नेपाली पेन’ अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे’ शीर्षकको समाचार प्रशासन गरेको थियो । उक्त समाचारलाई लिएर सर्वोच्च प्रशासनले नेपाली पेन र त्यसका प्रधान सम्पादक केसीलगायत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : १६ बजे

नेतान्याहुको चेतावनी – कुनै हालतमा प्यालेस्टिनी राज्य हुनेछैन

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई

झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु

सुरुङ्गा– झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ

दशैँ भिडन्त : थामिएला प्रकाशको ओरालो यात्रा ? समीरलाई ‘एक्सन स्टार’ ट्याग जोगाउने दबाब

काठमाडौँ– फिल्म रिलिजका लागि सबैभन्दा प्राइम डेट मानिने फूलपाती (असोज

‘जेरी अन टप’को गीतमा आँचलसँग रोमान्टिक अनमोल

काठमाडौं – असोज ३१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जेरी

चार महिनापछि रारा विमानस्थलमा उडान

मुगु– मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान