पुटिन जवाफी हमला गर्ने तयारीमा रहेको ट्रम्पको खुलासा | Khabarhub Khabarhub

पुटिन जवाफी हमला गर्ने तयारीमा रहेको ट्रम्पको खुलासा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनले एयर बेसमा गरेको डोन आक्रमणको जवाफ दिने तयारी गरेको अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गरेका छन्।

राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपतिसँग भएको फोन वार्तापछि एयर फिल्डमा भएको हमलाको जवाफी कारबाही गर्ने तयारी गरिरहेको खुलासा गरेका हुन्।

रुसले पनि सैन्य अपरेसन छलफलको विषय भइरहेको जानकारी दिएको छ। ट्रम्पले सामाजिक सञ्जालमा एक घण्टा बढी समय भएको सो फोन वार्तामा युद्ध विरामका लागि ठोस केही नभएको समेत बताए।

रुसको सरकार नियन्त्रित सञ्चार माध्यमले पुटिनले ट्रम्पसँगको वार्तामा युक्रेन युद्धबाट भागेको तथा किभ आतङ्ककारी संगठनमा परिणत भइरहेको बताए। १ जुनमा रुसी एयर बेसमा युक्रेनको आक्रमण गरेपछि यी दुई नेताको बीचमा पहिलो पटक फोन वार्ता भएको हो। ट्रम्पले भने थप आक्रमणको चेतावनी नदिएको पुटिनका एइडिई युरी उसाकोभले बताएका छन्।

यसअघि रुसले युक्रेनका सर्वसाधारणको ज्यान जाने गरी किभमा गरेको मिसाइल आक्रमणपछि ट्रम्पले पुटिनलाई पागलको संज्ञा दिएका थिए। पछिल्लो समय विकसित घटना क्रमका बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा आफ्नो कुरा राखेका छन्। उनले रुसी राष्ट्रपति पुटिन कहिले पनि युद्ध विरामका लागि सचेत नभएको आरोप लगाएका छन्। उनले रुस सधैँ युद्ध पक्षमा रहेको तथा शान्ति नचाहने आरोप समेत लगाएका छन्।

बुधबार नै युक्रेनी उप प्रधानमन्त्री युलिया सारेडेन्को र राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रे यर्माकले वाशिङ्टनमा अमेरिकी सिनेटरसँग हतियार खरिद तथा शान्ति वार्ताको विषयमा छलफल गरे।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : ३३ बजे

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले