पुटिन जवाफी हमला गर्ने तयारीमा रहेको ट्रम्पको खुलासा « Khabarhub

पुटिन जवाफी हमला गर्ने तयारीमा रहेको ट्रम्पको खुलासा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनले एयर बेसमा गरेको डोन आक्रमणको जवाफ दिने तयारी गरेको अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गरेका छन्।

राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपतिसँग भएको फोन वार्तापछि एयर फिल्डमा भएको हमलाको जवाफी कारबाही गर्ने तयारी गरिरहेको खुलासा गरेका हुन्।

रुसले पनि सैन्य अपरेसन छलफलको विषय भइरहेको जानकारी दिएको छ। ट्रम्पले सामाजिक सञ्जालमा एक घण्टा बढी समय भएको सो फोन वार्तामा युद्ध विरामका लागि ठोस केही नभएको समेत बताए।

रुसको सरकार नियन्त्रित सञ्चार माध्यमले पुटिनले ट्रम्पसँगको वार्तामा युक्रेन युद्धबाट भागेको तथा किभ आतङ्ककारी संगठनमा परिणत भइरहेको बताए। १ जुनमा रुसी एयर बेसमा युक्रेनको आक्रमण गरेपछि यी दुई नेताको बीचमा पहिलो पटक फोन वार्ता भएको हो। ट्रम्पले भने थप आक्रमणको चेतावनी नदिएको पुटिनका एइडिई युरी उसाकोभले बताएका छन्।

यसअघि रुसले युक्रेनका सर्वसाधारणको ज्यान जाने गरी किभमा गरेको मिसाइल आक्रमणपछि ट्रम्पले पुटिनलाई पागलको संज्ञा दिएका थिए। पछिल्लो समय विकसित घटना क्रमका बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा आफ्नो कुरा राखेका छन्। उनले रुसी राष्ट्रपति पुटिन कहिले पनि युद्ध विरामका लागि सचेत नभएको आरोप लगाएका छन्। उनले रुस सधैँ युद्ध पक्षमा रहेको तथा शान्ति नचाहने आरोप समेत लगाएका छन्।

बुधबार नै युक्रेनी उप प्रधानमन्त्री युलिया सारेडेन्को र राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रे यर्माकले वाशिङ्टनमा अमेरिकी सिनेटरसँग हतियार खरिद तथा शान्ति वार्ताको विषयमा छलफल गरे।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : ३३ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार