वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति यादव « Khabarhub

वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति यादव


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दै गएको र वनक्षेत्रको विनाशले जैविक विविधतामा खतरा निम्त्याएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नदी तथा जलस्रोतको दुषित अवस्थाले सुरक्षित खानेपानीको अभाव सिर्जना भएको छ । अतिवृष्टि, अनावृष्‍टि, खडेरी, सुक्खाग्रस्त समस्याको चपेटामा हामी पर्दै गएका छौँ । तराई–मधेस क्षेत्रमा त भूमिगत पानीका स्रोतहरू सुक्दै गएका छन् वा पानीको सतह निक्कै तल गइसकेको अवस्था छ ।’

उपराष्ट्रपति यादवले  नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि जलवायु परिवर्तनका विविध असरले निकै समस्या उत्पन्न भइरहेको भन्दै यसविरुद्ध सबैको सहकार्य जरूरी रहेको उल्लेख गरेका छन् ।

पर्यावरण संरक्षण सरकारको मात्र जिम्मेवारी नभएर हामी सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले हरेकले आफ्नो दैनिक जीवनमा साना परिवर्तनहरू गरेर पनि वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउनसक्ने उल्लेख गरेका छन् ।

वातावरण संरक्षणमा सबैको योगदान उत्तिकै महत्वपूर्ण भएपनि युवाहरूको भूमिका झनै बढी भएको उनको भनाइ छ । युवाले पर्यावरण संरक्षणमा नवीनतम समाधानहरू खोज्न, जागरुकता अभियान सञ्चालन गर्न तथा सकारात्मक व्यवहार परिवर्तनको नेतृत्व लिन सक्ने उनको विश्वास छ । 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : १४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र