संसद्‍मा रोकिएन विपक्षीको नाराबाजी, शुक्रबार दिउँसोसम्मलाई स्थगित « Khabarhub

संसद्‍मा रोकिएन विपक्षीको नाराबाजी, शुक्रबार दिउँसोसम्मलाई स्थगित


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रतिनिधिसभाको बिहीबारको बैठक पनि विपक्षी दलहरूको विरोध र नाराबाजीले अघि बढ्न सकेन ।

बैठक सुरू भएर अगाडि बढ्न नसकेपछि स्थगित भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न साढे ५ बजे सुरू भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन ।

बैठक अघि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहीबारका लागि तय गरिएको कार्यसूची सम्पूर्ण कार्यक्रम हटाएर बैठक स्थगित गरेका छन् । अर्को बैठक शुक्रबार १ बजे बस्ने गरी उनले संसद् स्थगित गरेका छन् ।

सभामुख घिमिरेले बैठक सुरू भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने बताइरहे पनि अवरोध जारी राखेका थिए ।

उनीहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । सत्तापक्षका दल नेपाली कांग्रेस र नेकपा एमाले भने गृहमन्त्री लेखकले सदनमा बोल्न पाउनुपर्ने अडान राख्दै आएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : ४३ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै