संसद् अघि नबढेपछि सभामुखको गुनासो- संघीयतामाथि नै प्रश्न उठ्न थालिसक्यो | Khabarhub Khabarhub

संसद् अघि नबढेपछि सभामुखको गुनासो- संघीयतामाथि नै प्रश्न उठ्न थालिसक्यो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलले गरेको विरोध र नाराबाजीका कारण प्रतिनिधिसभाको बिहिबार बसेको बैठक पनि अवरुद्ध भएको छ ।

बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै नाराबाजी गरे । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीले विरोध जनाएका हुन् ।

प्रतिपक्षीले विरोध जनाएपछि केही सत्तापक्षीय सांसदहरूले बोल्न पाउनुपर्ने माग राखेका थिए । सदनमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले सभा सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरे ।

उनले संसद्को चालू अधिवेशनले देशका लागि चाहिने अत्यावश्यक कानून बनाउन नसक्दा संघीयता प्रभावकारी हुन नसकेको टिप्पणी हुन थालेको उल्लेख गरेका छन् ।

सरकारका तर्फबाट महत्वपूर्ण विधेयकहरु आउने क्रममा रहेकाले त्यसमा केन्द्रित हुन पनि उनले आग्रह गरेका छन् ।

तर प्रतिपक्षी दलका सांसदहरूले निरन्तर विरोध जनाएपछि सभामुख घिमिरले संसद्को‍ कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिए । त्यसपछि अर्को बैठक शुक्रबार १ बजे बस्ने जानकारी दिँदै उनले प्रतिनिधिसभा बैठक स्थगित गरे ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ०० बजे

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा