आईपीएल जितेलगत्तै आरसीबीलाई कानुनी झमेला, अदालत पुग्यो मुद्दा « Khabarhub

आईपीएल जितेलगत्तै आरसीबीलाई कानुनी झमेला, अदालत पुग्यो मुद्दा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

बेंगलुरु – पहिलोपटक आईपीएल उपाधि जितेको खुशी सेलाउन नपाउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) कानुनी झमेलामा फसेको छ।

बेंगलुरुमा बुधबार भएको विजय र्‍यालीका क्रममा भएको भागदौड घटनामा आरसीबी, एक इभेन्ट म्यानेजमेन्ट कम्पनी (डीएनए) र कर्नाटक क्रिकेट संघविरुद्ध आपराधिक लापरवाहीको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

कर्नाटक प्रहरीका अनुसार बुधबार भएको विजय जुलुसको बेला चिन्नास्वामी रंगशालाबाहिर भीड अनियन्त्रित भई मच्चिएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो । घटनामा ३३ जना घाइते भए। मृतकहरूमा अधिकांश ३५ वर्षभन्दा कम उमेरका छन । जसमा तीन किशोरसमेत छन्।

सुरक्षा व्यवस्थाको कमी र जिम्मेवार निकायहरूको लापरवाहीले यो घटना भएको जाहेरीमा उल्लेख गरिएको छ । घटनापछि कर्नाटक उच्च अदालतमा सुनुवाइ भएको छ।

कार्यवाहक प्रमुख न्यायाधीश वी. कामेश्वर राव र न्यायाधीश सी.एम. जोशीको इजलासले राज्य सरकारलाई १० जुनभित्र स्थिति विवरण पेश गर्न निर्देशन दिएको छ।

जाहेरीकर्ताका कानुन व्यवसायीले अदालतसमक्ष राज्य सरकारले आरसीबी खेलाडीहरूलाई सम्मान गर्ने निर्णय किन गर्‍यो भन्ने जवाफ खोजेका छन् । देशको तर्फबाट नखेलेका खेलाडीलाई यस्तो विशेष सम्मान दिनुपर्ने बाध्यता के हो? भनेर उनले प्रश्न गरे ।

विवादको जरो त्यही दिनको सरकारी सम्मान कार्यक्रम थियो, जहाँ पहिलोपटक आईपीएल उपाधि जितेको आरसीबी टोलीलाई विधानसभा परिसर र त्यसपछि चिन्नास्वामी स्टेडियममा सम्मान गरिएको थियो।

घटना हुँदा स्टेडियम बाहिर हजारौं समर्थकहरू जम्मा भएका थिए । नि:शुल्क प्रवेशको अफवाह फैलिएपछि स्थिति भयावह बनेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ५१ बजे

उमेश यादव भन्छन् : रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाएरै छाड्छु

राजविराज- जनता समाजवादी नेपालका नेता उमेश कुमार यादवले जस्तोसुकै सङ्घर्ष

भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार

ढोरपाटन– हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूत मियोसको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट

सरकारको वैधतामा मुद्दा विचाराधीन, तत्काल सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने

काठमाडौं – नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार