लुम्बिनीका तीन जिल्लामा जसपा अधिवेशन, अध्यक्ष यादवसहितका नेताको दौडधूप | Khabarhub Khabarhub

लुम्बिनीका तीन जिल्लामा जसपा अधिवेशन, अध्यक्ष यादवसहितका नेताको दौडधूप


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका जिल्ला दौडाहामा छ ।

पश्चिम नेपालमा जसपा नेपालको पकड रहेको बाँके, बर्दिया र कपिलवस्तुको जिल्ला अधिवेशन गराउन नेताहरू त्यता पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।

बुधबार अध्यक्षसहितका नेताहरु नेपालगञ्ज पुगेर त्यही दिन बाँकेको र बिहीबार बर्दियाको जिल्ला अधिवेशनमा भाग लिएका छन् ।

अध्यक्ष यादवले बिहीबार जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका छन् ।

अधिवेशन सत्रको उदघाटन गर्न जसपा नेपालको केन्द्रीय नेतृत्व बिहिबार दिउँसो नेपालगञ्जबाट गुलरिया पुगेको थियो ।

जसपा नेपालको केन्द्रीय नेतृत्वले अधिवेशनको खुला सत्रलाई सम्बोधन गरेको छ। जसपा नेपालले लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर संगठन निर्माण अभियानलाई पछिल्लो समय झन प्रभावकारी ढंगले अघि बढाउँदै गएको सचिवालयले जनाएको छ ।

अधिवेशनमा उद्घाटन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सचिव कमरुद्दीन राईन, केन्द्रीय सदस्य सिपी सिंह, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतका केन्द्रीय नेतृत्व गुलरिया पुगेको छ ।

भोलि शुक्रबार जिल्ला अधिवेशन उदघाटन गर्न अध्यक्ष यादवसहित जसपा नेपालको केन्द्रीय नेतृत्व कपिलवस्तु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बुधबार मात्रै अध्यक्ष यादवले नेपालगञ्जमा बाँके जिल्लाको अधिवेशन सत्रलाई उदघाटन गरेका थिए । कपिलबस्तुको जिल्ला अधिवेशन उदघाटन गरेर अध्यक्ष यादव काठमाडौं फर्किने कार्यक्रम छ ।

यसअघि बुधबार बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन सुरू भएको थियो । अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि संगठनको आगामी योजना एवं कार्यदिशा तय गर्नेछ ।

यी तीनवटै जिल्लाको अधिवेशनमा अध्यक्ष यादवसहितको केन्द्रीय नेतृत्व सहभागी हुँदैछ । जसपा नेपाल अहिले देशब्यापी रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने अभियानमा होमिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : २२ बजे

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा