एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले भ्रष्टाचार गर्नु भएको छैन, उहाँको छवि निष्कलंक छ « Khabarhub

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले भ्रष्टाचार गर्नु भएको छैन, उहाँको छवि निष्कलंक छ


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतपक्षी दल नेकपा एकीकृत समाजवादी पार्टीले पतञ्जलिको काभ्रेपलाञ्चोकस्थित जग्गा बिक्री प्रकरणमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री हुँदा कुनै भ्रष्टाचार नगरेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष नेपाल रौतहटबाट फर्किएपछि जुटेका नेताहरूबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो । कानुन व्यवसायीसमेत बसेर गरेको छलफलमा समाजवादीले अध्यक्ष नेपालबाट कुनै किसिमको भ्रष्टाचार नभएको निचोड निकालेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

‘माधव नेपालले अहिलसम्म कहीँ कतै भ्रष्टाचार गरेको थाहा छैन । उहाँको छवि निष्कलंक छ । उहाँविरुद्ध प्रतिशोधसहित पूर्वाग्रह साँध्ने गरी मुद्दा लगाइएको छ’, उनले भने, ‘माधव नेपालले भ्रष्टाचार गरेको कसैले पत्याउँदैन । उहाँलाई प्रतिशोध साँध्न षड्यन्त्रमुलक ढंगले मुद्दा चलाइएकाले हामी राजनीतिक प्रतिरोध गर्छौँ । कानुनी र अदालती प्रक्रियामा पनि जान्छौँ ।’

उनले माधव नेपालको मुद्दामा अदालतले क्लिन चिट दिने बताए । ‘हामी अदालतबाट क्लिन चिट लिएर, सफाइ लिएर आउँछौँ। हामी अदालबाट मुद्दा गलत थियो भनेर फर्किन्छौँ’, उनले भने, ‘हाम्रो अध्यक्षले भ्रष्टाचार गरेको हो, सार्वजनिक सम्पत्ति हिनामिना गरेको हो कि भन्ने भ्रम नराखे हुन्छ । कार्यकर्ता पंक्ति पनि अध्यक्षबारे ढुक्क भए हुन्छ । यो केबल राजनीतिक प्रतिशोध हो । यसको जवाफ हामी दिन्छौँ ।’

उनले अध्यक्षलाई मुद्दा लाग्दैमा पार्टी नसुस्ताउने बताए । ‘हाम्रो पार्टी जुन ऊर्जा र सक्रियताका साथ लागेको छ, त्यसरी नै अघि बढ्छ’, उनले भने, ‘हामीबाट राजनीतिक र कानुनी प्रतिरोध दुवै हुन्छ । हामीले कानुन व्यवसायी साथीहरूसँग पनि सल्लाह गरेका छौँ । माधव नेपालविरुद्धको मुद्दा अदालतमा टिक्दैन ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ७ : ४६ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा