युएई जाने नेपाली श्रमिकको तलब निर्धारण | Khabarhub Khabarhub

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ ।

मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए ।

उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताए । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने बताइएको छ ।

“युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ”, मन्त्री भण्डारीले भने, “तोकिएकोभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुनेछैन ।”

युएई जाने नेपाली कामदारको हितमा यो निर्णय उपलब्धिमुलुक हुने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : १३ बजे

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त

तुईन खोलामा पहिरो झर्न अझै रोकिएन (तस्बिरहरू)

काठमाडौं– मुग्लिन नारायणघाट सडकखण्डको तुईनखोलामा आज बिहान ११ बजे पहिरो खस्दा

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

एजेन्सी–  मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं– नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग

सिमकोट– यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका