महेश बर्तौलाको टिप्पणी- माधव नेपालविरुद्ध अख्तियारले मुद्दा चलाउँदा प्रधानमन्त्रीलाई जोड्नु गलत « Khabarhub

महेश बर्तौलाको टिप्पणी- माधव नेपालविरुद्ध अख्तियारले मुद्दा चलाउँदा प्रधानमन्त्रीलाई जोड्नु गलत


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्यका लागि प्रतिपक्षी दल जिम्मेवार बन्न नसकेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बिहीबार संसदको गतिरोध अन्त्य हुने र गृहमन्त्रीले बोल्न पाउने विश्वास सत्तापक्षको रहेपछि प्रतिपक्षी दल जिम्मेवार बन्न नसक्दा संसद् अवरुद्ध भएको बताए ।

उनले शुक्रबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको अवस्थामा सहज रुपमा सदन चल्न विपक्षीले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

बजेटका विषयमा सदनमा छलफल हुन नदिने कुरा गलत भएको भन्दै उनले यसलाई प्रतिपक्षीले बुझ्न जरुरी रहेको उल्लेख गरे ।

त्यस्तै उनले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा केपी शर्मा ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको माधव नेपालको टिप्पणीप्रति आपत्ति जनाए । उनले माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति भएको बताए ।

उनले संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नहुने धारणा राखे ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ३४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ