महेश बर्तौलाको टिप्पणी- माधव नेपालविरुद्ध अख्तियारले मुद्दा चलाउँदा प्रधानमन्त्रीलाई जोड्नु गलत « Khabarhub

महेश बर्तौलाको टिप्पणी- माधव नेपालविरुद्ध अख्तियारले मुद्दा चलाउँदा प्रधानमन्त्रीलाई जोड्नु गलत


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्यका लागि प्रतिपक्षी दल जिम्मेवार बन्न नसकेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बिहीबार संसदको गतिरोध अन्त्य हुने र गृहमन्त्रीले बोल्न पाउने विश्वास सत्तापक्षको रहेपछि प्रतिपक्षी दल जिम्मेवार बन्न नसक्दा संसद् अवरुद्ध भएको बताए ।

उनले शुक्रबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको अवस्थामा सहज रुपमा सदन चल्न विपक्षीले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

बजेटका विषयमा सदनमा छलफल हुन नदिने कुरा गलत भएको भन्दै उनले यसलाई प्रतिपक्षीले बुझ्न जरुरी रहेको उल्लेख गरे ।

त्यस्तै उनले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा केपी शर्मा ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको माधव नेपालको टिप्पणीप्रति आपत्ति जनाए । उनले माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति भएको बताए ।

उनले संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नहुने धारणा राखे ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ३४ बजे

जिल्ला प्रशासन हुम्लाद्वारा मदिरा बिक्री वितरणमा रोक

हुम्ला– जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागू हुनेगरी जिल्लाभर पूर्णरूपमा

प्रतिनिधिसभा निर्वाचन : धनुषाका ८८ उम्मेदवारले मात्रै खोले बैंक खाता

जनकपुरधाम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता

काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक

कांग्रेस सभापति थापाले आज मधेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार

म्याग्दीको दरखोलामा पुल नबन्दा स्थानीयलाई समस्या

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा