भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरियासँग मिलेर काम गर्न इच्छुक « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरियासँग मिलेर काम गर्न इच्छुक


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति ली जे म्युङलाई बधाइ दिँदै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले भारत र गणतन्त्र कोरियाबीच कायम रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन पनि तयार रहेको बताए । उनले लेखेका छन्, ‘गणतन्त्र कोरियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा ली जे म्युङलाई बधाइ । भारत र गणतन्त्र कोरियाबीच कायम रणनीतिक साझेदारीलाई थप विस्तार गर्न र मजबुत बनाउनका लागि सँगै काम गर्न इच्छुक छु ।’

ठूलो राजनीतिक रस्साकस्सीपछि ली दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अघिल्ला राष्ट्रपति यून सुक योलले मुलुकमा हठात् सैनिक कानुन लागू गरेपछि दक्षिण कोरिया राजनीतिक संकटमा फसेको थियो ।

नवनिर्वाचित राष्ट्रपति लीले कोरियाली प्रायद्विपमा चीर शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले उत्तर कोरियासँग वार्ता, सञ्चार र सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ३८ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती