विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध « Khabarhub

विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल भाँचिएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको घिमिरेले बताए। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर र रुकुमपश्चिमको आठविसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी करिडोर अवरुद्ध भएको छ । 

त्यस्तै जाजरकोटको पहिरोका कारण छेडागाड नगरपालिका–३ दखेरीभिरमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग तथा बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कले भासुपातालमा पहिरो जाँदा मार्तडी–कोल्टी सडक पूर्ण रूपमा बन्द भएका प्रहरी नायब महानिरीक्षक घिमिरेले उल्लेख गरे।

प्रहरीका अनुसार पहिरोले अवरुद्ध भएको बाग्लुङथिस्त कालीगण्डकी करिडोर र रोल्पाको अखटेमा पहिरो जाँदा अवरुद्ध बनेको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । त्यस्तै गुल्मीस्थित कालिगण्डकी करिडोर रोल्पाको परिवर्तन गाउँपालिका–५ मा खसेको पहिरोका कारण अवरुद्ध बनेको सहिद मार्ग एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : १७ बजे

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी