राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ « Khabarhub

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलले जनताले अनुभूति गर्नेगरी मुलुकको समग्र पक्षको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

राप्रपा विराटनगर नगर समितिको आज उद्घाटन गर्दै उनले राप्रपाको नेतृत्वमा मात्र जनताले अनुभूति गर्ने किसिमको मुलुकको सम्पूर्ण विकास सम्भव रहेको धारणा राखे ।

जनताको मतद्वारा राप्रपाको नेतृत्वमा सरकार निर्माण गरी मुलुकको विकासका साथै पार्टीको एजेण्डालाई कार्यान्वयन गरिने उनले प्रष्ट पारे । उनले पार्टीको सङ्गठन सहरदेखि गाउँसम्म निर्माण गरी जनताको समस्या समाधानतर्फ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

अध्यक्ष लिङ्देनले राप्रपा मुलुकको एक मात्र प्रजातान्तिक पार्टी भएकाले गाउँको एउटा ठिटो केन्द्रीय अध्यक्ष बन्न सफल भएको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने मार्ग पार्टी रहेको बताए ।

पार्टीका महामन्त्री प्रल्हादप्रसाद साहले मध्यावधि निर्वाचन जहिले पनि हुनसक्ने भएको कार्यकर्ताहरूलाई जनताको घरदैलोमा जान आग्रह गरे । पार्टीका प्रदेश अध्यक्ष राम थापा, जिल्ला अध्यक्ष गोपाल कटुवाल र मनोज बस्नेत लगायतले जनतालाई सर्वोपरी मानी कार्य गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले पत्रकार अशोक पौडेलद्वारा लिखित ‘पत्रकारितामा जीवनको तीन दशक भाग–१’ सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ३७ बजे

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु