आज २०८२ साल साउन २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २० गते मंगलबारको राशिफल


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन शुक्ल पक्षको एकादशी तिथि। पुत्रदा एकादशी व्रत। तदनुसार सन् २०२५ अगष्ट ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। रोकिएको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा बौद्धिक छलफल हुनेछ।

वृष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीमा फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्ने छ। दाम्पत्य जीवन सफल बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा आलोचना हुनेछ। परिवारमा संकट आइपर्ने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। शिक्षामा थप मिहिनेतको खाँचो छ।

कर्कट : दिन सामान्य छ। जग्गाको कारोबारमा घाटा हुनेछ। स्वास्थ्य र शिक्षामा लगानी गरेको भए थप मिहिनेत गर्नुपर्ने छ। राजनीतिमा सहयोगी साथी विपक्षी मोर्चामा पुग्नेछन्।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता भएमा काम बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथीसँगको सहकार्य सफल बन्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्या : व्यवहारिक बोझ बढ्नेछ। विपक्षीसँगको वार्ताले मनमा शान्ति मिल्नेछ। परिवारमा सहमति गरेर अगाडि बढ्नुपर्ने छ। आम्दानीका स्रोतलाई निरन्तरता दिनु उचित हुनेछ।

तुला : दिन राम्रो छ। कला र गलाको प्रदर्शनी गर्नुपर्ने छ। बन्धुसँगको सहकार्यमा तपाईंको जित हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ। राजनीतिमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। साथीभाइसँगको सहकार्यले स्वास्थ्यमा समस्या हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा आइपुगेका छन्। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा रमाइलो गर्ने होडबाजी चल्नेछ। खर्च कटौती गर्ने समय छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्राले समय र सम्पत्ति खर्च हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। समय र सम्पत्ति खर्च हुनेछ। शिक्षामा गरेको श्रमको शोषण हुनेछ। विपक्षीसँग सचेत बन्नुपर्ने समय छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मीन : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढा पुग्नेछन्। राजनीति र शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ०४ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले