प्रतिनिधिसभा बैठक बस्दै, वैकल्पिक वित्त परिचालन विधेयक पारित गरिने | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, वैकल्पिक वित्त परिचालन विधेयक पारित गरिने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठम आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने कार्यसूची छ ।

त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले उक्त विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ ।

बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्ने छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : ३४ बजे

तीज गीतको ओइरो : नेतादेखि सञ्चारकर्मीसम्म छमछमी !

तीज महिलाको विशेष पर्व हो। व्रत बस्ने, मिठो खाने र

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत

प्रतिवादमा उत्रिँदै भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’ 

काठमाडौं– भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

म्याग्दी– म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको