बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला  « Khabarhub

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाले बहुविवाहलाई कानूनी मान्यता दिने सरकारको प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् ।

नेपाल महिला संघकी पूर्व अध्यक्षसमेत रहेकी संग्रौलाले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै बहुविवाह फौजदारी अपराधको रुपमा रहेकाले यसलाई संशोधन गर्ने कुरा अस्वीकार्य हुने उल्लेख गरेकी छिन् ।

विज्ञप्तिमा भनिएको छ– ‘बहुविवाह फौजदारी अपराध हो ।  बहुविवाह संशोधन प्रस्ताव नेपालको सामाजिक, सांस्कृतिक र नैतिक आधार विपरीत छ । मुलुकसामु थुप्रै महत्वपूर्ण विषयवस्तुहरू हुँदाहुँदै अहिले आएर ‘बेसमयको बाँसुरी’ किन बजाउन खोजियो, स्पष्ट छैन ।’

संग्रौलाले बहुविवाह लैङ्गिक समानता र मानवअधिकार विपरीत रहेको भन्दै महिलाको स्वाभिमान र आत्मसम्मानमा  चोट पुग्ने र  महिला–पुरुषबीच असमानता र विभाजन बढाउने पनि उल्लेख गरेकी छिन् । अहिले आउन लागेको भनिएको प्रस्तावित कानूनले आम महिलाको अपमान गर्ने पनि संग्रौलाको तर्क छ ।

अहिले बहुविवाहको कारण महिलाको सुरक्षा हुने भन्ने तर्क आफैँमा पितृसत्तात्मक सोचबाट निर्देशित रहेको बताउँदै एउटी महिलाको सुरक्षाको नाममा अर्की महिलाको आत्मसम्मान र अधिकारमाथि प्रहार गर्ने कानून बन्नु न्यायसम्मत नहुने पनि उनको तर्क छ ।

बहुविवाहलाई मान्यता दिनेगरी कानून बनाउँदा समाजमा महिलामाथिको हिंसा, घरेलु द्वन्द्व, यौन शोषण र असमानता बढ्ने र त्यसले नेपालको संविधान, सम्मानित  सर्वोच्च अदालतका विगतका फैसला र  नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरित हुने भन्दै मस्यौदा सदनमा प्रवेश गराउनु अघि नै तत्काल खारेज गर्न माग गरेकी छिन् ।  

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ९ : ५४ बजे

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको