ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका– ४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् ।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १० : ४४ बजे

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको

बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी

काठमाडौं– बेलायती सेनाले नयाँ आर्टिलरी (तोपखाना) गोरखा रेजिमेन्ट स्थापनाको घोषणा

नारायणगढ–मुग्लिन सडक : सधैँ ढुङ्गा खस्ने त्रास

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार

बुटवल-नारायणगढ सडक सञ्चालनमा आउन सकेन

मध्यविन्दु– सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन

छ दिनदेखि बेपत्ता दाजु-बहिनी मृत भेटिए

पाँचथर– छ दिनदेखि बेपत्ता रहेका यहाँको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक