हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू) « Khabarhub

हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू)


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त छ । धेरैजसो ठाउँमा मुआब्जा विवादका कारण काम रोकिएको छ ।

हालैमात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण राष्ट्रिय गौरवको आयोजना पूर्व-पश्चिम रेलमार्ग निल्नु न ओकल्नु भएको बताएका थिए । राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सबलीकरण समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा यस्तो बताएका हुन् ।

करिब चार अर्ब खर्च गरेर पूर्व–पश्चिम रेलमार्गको डीपीआर बनाइएको छ । तर अन्य काम खासै अघि बढेको छैन । आयोजना शुरू भएको करिब एक दशकभन्दा बढी समय बितिसक्दा साढे ३ प्रतिशत काम भएको छ ।

पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गमा अहिलेसम्म ३.४ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यही गतिमा काम भए रेलमार्ग पूरा हुन दसकौँ लाग्न सक्ने देखिन्छ ।

हाल सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा जनकपुर-जयनगर रेल पनि घाटामा चलिरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : १६ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको