संसदीय समितिको निष्कर्ष : ‘कुलिङ पिरियड’ छेडखानीमा सभापति खतिवडा र सचिव दुरा जिम्मेवार « Khabarhub

संसदीय समितिको निष्कर्ष : ‘कुलिङ पिरियड’ छेडखानीमा सभापति खतिवडा र सचिव दुरा जिम्मेवार


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा विधेयक, २०८० मा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी छानबिन गर्न गठन भएको संसदीय समितिले प्रतिवेदन तयार पारेको छ ।

नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको सात सदस्यीय समितिले छानबिन प्रतिवेदन सर्वसम्मत तयार गरेको हो । नेकपा एमालेबाट समितिमा रहेका एक सांसदले खबरहबसँग प्रतिवेदन सर्वसम्मत तयार गरिएको बताए । 

‘प्रतिवेदन सर्वसम्मत तयार गरिएको छ । प्रतिवेदनमा के–के उल्लेख गरिएको छ भन्नेबारे अहिले नै मिडियालाई प्रतिक्रिया नदिने कुरो छ,’ तीन सांसदले भने । 

खबरहबलाई प्राप्त छानबिन समितिको निर्णयअनुसार ‘कुलिङ पिरियड’को व्यवस्था विधेयकबाट हटाइनुमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नैतिक रूपले जिम्मेवार ठहर गरिएको छ । 

‘सभापतिको हस्ताक्षरबाट प्रतिवेदन सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको त्रुटिका सम्बन्धमा सभापतिले उत्तरदायी पूर्ण भूमिका बहन गरेको नदेखिएकाले नैतिक जिम्मेवार हो,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ ।    

छानबिन समितिले राज्य व्यवस्था समितिका सचिव सुरजकुमार दुराले जिम्मेवारी पूरा गर्न नसकेको ठहर गरेको छ ।   

‘समितिको बैठकमा प्रारम्भदेखि नै रहेको र प्रमाणीकरणदेखि मस्यौदा हेरी बैठकमा पेश गर्ने कानुनी जिम्मेवारी भएको पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा गरेको भन्न सकिएन,’ सचिव दुराबारे छानबिन समितिले भनेको छ ।  

छानबिन समितिले ‘कुलिङ पिरियड’ हटाउनका लागि दबाब सिर्जना गरेका सरकार उच्च पदस्थ कर्मचारीहरूले अशोभनीय कार्य गरेको निष्कर्ष निकालेको छ । 

‘नेपाल सरकारका उच्च पदस्थ कर्मचारीको प्रत्यक्ष संलग्नता नदेखिए पनि परोक्ष रूपमा समितिले पारित गरेको कुलिङ पिरियडको सार्वजनिक रूपमै विपक्षमा देखिनु शोभनीय देखिएन,’ छानबिन समितिको निष्कर्ष छ ।  

कांग्रेस सह-महामन्त्रीसमेत रहेका सांसद परियारको संयोजकत्वमा गठित समितिमा कांग्रेस–एमालेबाट दुई–दुई, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एक जना सांसद सदस्य छन् ।

कांग्रेसबाट परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की समितिमा सदस्य छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १२ : ०४ बजे

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

गलकोट– नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ