‘कुलिङ पिरियड’ विवादमा रामहरिको प्रतिक्रिया : मैले गल्ती गरेको छैन, सभापतिका रूपमा जिम्मेवारी लिन्छु « Khabarhub

‘कुलिङ पिरियड’ विवादमा रामहरिको प्रतिक्रिया : मैले गल्ती गरेको छैन, सभापतिका रूपमा जिम्मेवारी लिन्छु


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा संसदीय राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक, २०८० मा रहेको ‘कुलिङ पिरियड’ हटाउने विषयमा आफूमाथि देखिएको विवादबारे बोलेका छन् । 

उनले आफूबाट गल्ती नभए पनि सभापतिका रूपमा नैतिक जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

खतिवडाको नाम कांग्रेस सांसद जीवन परियार नेतृत्वको सात सदस्यीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

प्रतिवेदनमा खतिवडा र समितिका सचिव सुरजकुमार दुरा ‘कुलिङ पिरियड’को प्रावधान हटाउने छेडछाडमा जिम्मेवार रहेको ठहर गरिएको छ ।

खतिवडाले खबरहबसँग भने, ‘कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक र राजनीतिक जिम्मेवार बनाएको छ। मैले मेरोतर्फबाट भएको कमजोरीको आज पनि जिम्मेवारी लिन्छु, भोलि पनि लिन्छु ।’

उनले थपे, ‘कुलिङ पिरियड समेटिएको निजामती सेवा विधेयकमा मैले नै हस्ताक्षर गरेर पठाएको हो। त्यसबारे जिम्मेवारी लिन्छु। तर जसले बदमासी गरेको हो, उसलाई कारबाही हुनुपर्छ भनेर म पहिले पनि बोलेको हो ।’

खतिवडाले संसदीय समितिको निर्णयप्रति आफ्नो असहमति नरहेको जनाए । ‘मैले कुलिङ पिरियडबारे उल्लेखित विषय बोल्ड अक्षरमा सही गरेर पठाएको हो। त्यसपछि १५ दिनसम्म सांसदहरूले के हेरेर बसे, किन अध्ययन गरेनन् – मलाई पनि अनौठो लागेको छ।’

उनले संसदीय समितिले राजनीतिक जिम्मेवारका रूपमा सभामुख देवराज घिमिरेलाई समेत जिम्मेवार बनाएको उल्लेख गरे।

खतिवडाले विधेयकका प्रावधानमा राखिएको कुलिङ पिरियडबारे मुख्य सचिव एकनारायण अर्याल र संसद सचिवालयका सचिव पद्मप्रसाद पाण्डे उच्च राजनीतिक नेतृत्वसमक्ष पुगेको प्रसंग उठाए । ‘संसदीय समितिले बनाएको कानुनबारे जुलुस लिएर उनीहरू प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूकोमा हिँडेको देखिएकै हो’, उनले भने ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : ०८ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ