कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन « Khabarhub

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु १० लाख बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८१-८२ का लागि एक करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले एक करोड ७२ लाख राजस्व संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । संकलित राजस्वमध्ये मुद्दाबाट रु १५ लाख एक हजार असुल भएको र बाँकी अस्थायी पैठारीबाट संकलन भएको उनले बताए। 

भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको प्रमुख विष्टले बताए। 

व्यावसायिक रूपमा यो नाका धेरै चलनचल्तीमा छैन । यहाँ सवारीसाधनबाट नै बढी कर उठ्ने गर्छ । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा चिनिएको छ ।

कार्यालयले गत वर्ष साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य लिएकामा रु नौ लाख २३ हजार मात्र उठेको थियो । भदौमा रु १३ लाख  राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु ६ लाख १९, असोजमा रु १३ लाख २६ हजारमध्ये सात लाख आठ हजार, कात्तिकमा रु १२ लाख ८९ हजार लक्ष्य लिएकाका रु नौ लाख १३ हजार तथा मङ्सिरमा रु १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु आठ लाख ९१ हजार  संकलन भएको प्रमुख विष्टले जानकारी दिए। 

यसैगरी पुसमा रु १३ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ३० लाख ४६ हजार, माघमा रु १२ लाख ५४ हजार लक्ष्य लिएकामा रु १२ लाख ४९ हजार, फागुनमा र १४ लाख ४४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ११ लाख, चैतमा रु १४ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १० लाख ३२ हजार, यसै वर्ष वैशाखमा रु १३ लाख ८८ हजारमध्ये रु नौ लाख ८७ हजार, जेठमा रु १५ लाख ३३ हजारमा २३ लाख ४३ हजार तथा असारमा १४ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु १९ लाख ६४ हजार संकलन भएको थियो ।
 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : ३९ बजे

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि