बाँके, बर्दिया र दाङका ६ बेसिनमा चेतावनीस्तरको वर्षा « Khabarhub

मौसम

बाँके, बर्दिया र दाङका ६ बेसिनमा चेतावनीस्तरको वर्षा

राति पनि पानी निरन्तर पर्ने, पश्चिममा बढी जोखिम


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो खडेरीपछि मध्य मनसुनमा पश्चिम नेपालका तीन जिल्लामा भइरहेको वर्षा चेतावनीस्तरमा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वाअनुमान शाखाका अनुसार; यतिखेर बाँके, बर्दिया र दाङका कम्तिमा ६ बेसिनमा चेतावनीस्तरको वर्षा भइरहेको छ ।

पश्चिम राप्ती बेसिनको कुसुम स्टेशन र सिक्टा (बाँके) तथा गङ्गडी स्टेशनमा वर्षाले चेतावनीस्तर छोइसकेको छ । यसैगरी राप्तीको मनपुर (बर्दिया), जलकुण्डी (दाङ) र बबई बेसिनको अम्बापुर स्टेशनमा पनि चेतावनीस्तरको वर्षा मापन भएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेस्थित कुसुम स्टेशनमा १८०.४ मिलिमिटर सञ्चित वर्षा भएको छ । सिक्टा स्टेशनमा २११.८, मानपुर स्टेशनमा १७५, अम्बापुर स्टेशनमा २०७, गङ्गडीमा १४४.४ र जलकुण्डी स्टेशनमा २४८.२ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार; बर्दियाको चेपाङमा बबई नदी यतिखेर करिब खतराको तहनजिक पुगेको छ । बाढीको तह ६.७९ मिटर पुगेको चेपाङ स्टेशनले रेकर्ड गरेको छ ।

यस्तै; महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

लगातार वर्षाले सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।  

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर अधिकांश बदली भइरहेको जनाएको छ ।

लुम्बिनी प्रदेशका अधिकांश स्थान, मधेश प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी विभागले दिएको हो ।

आज (मङ्गलबार) दिउँसो देशका अधिकांश स्थानमा बदली रहने, कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार; आज राति पनि देशभर मौसम बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।

आउँदो राति लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : २७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते