बाँके, बर्दिया र दाङका ६ बेसिनमा चेतावनीस्तरको वर्षा « Khabarhub

मौसम

बाँके, बर्दिया र दाङका ६ बेसिनमा चेतावनीस्तरको वर्षा

राति पनि पानी निरन्तर पर्ने, पश्चिममा बढी जोखिम


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो खडेरीपछि मध्य मनसुनमा पश्चिम नेपालका तीन जिल्लामा भइरहेको वर्षा चेतावनीस्तरमा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वाअनुमान शाखाका अनुसार; यतिखेर बाँके, बर्दिया र दाङका कम्तिमा ६ बेसिनमा चेतावनीस्तरको वर्षा भइरहेको छ ।

पश्चिम राप्ती बेसिनको कुसुम स्टेशन र सिक्टा (बाँके) तथा गङ्गडी स्टेशनमा वर्षाले चेतावनीस्तर छोइसकेको छ । यसैगरी राप्तीको मनपुर (बर्दिया), जलकुण्डी (दाङ) र बबई बेसिनको अम्बापुर स्टेशनमा पनि चेतावनीस्तरको वर्षा मापन भएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेस्थित कुसुम स्टेशनमा १८०.४ मिलिमिटर सञ्चित वर्षा भएको छ । सिक्टा स्टेशनमा २११.८, मानपुर स्टेशनमा १७५, अम्बापुर स्टेशनमा २०७, गङ्गडीमा १४४.४ र जलकुण्डी स्टेशनमा २४८.२ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार; बर्दियाको चेपाङमा बबई नदी यतिखेर करिब खतराको तहनजिक पुगेको छ । बाढीको तह ६.७९ मिटर पुगेको चेपाङ स्टेशनले रेकर्ड गरेको छ ।

यस्तै; महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

लगातार वर्षाले सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।  

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर अधिकांश बदली भइरहेको जनाएको छ ।

लुम्बिनी प्रदेशका अधिकांश स्थान, मधेश प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी विभागले दिएको हो ।

आज (मङ्गलबार) दिउँसो देशका अधिकांश स्थानमा बदली रहने, कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार; आज राति पनि देशभर मौसम बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।

आउँदो राति लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : २७ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका

नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूले कुल विद्यार्थी

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा