पाकिस्तानलाई गोप्य सूचना दिएको आरोपमा भारतमा एक जना रक्षा कर्मचारी पक्राउ « Khabarhub

पाकिस्तानलाई गोप्य सूचना दिएको आरोपमा भारतमा एक जना रक्षा कर्मचारी पक्राउ


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानलाई गोप्य सूचना दिएको आरोपमा भारतको राजस्थानस्थित जैसलमेरको पोखरण फिल्ड फायरिङ रेन्जका एक जना कर्मचारी पक्राउ परेका छन् । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) को गेस्टहाउसका व्यवस्थापक महेन्द्र प्रसादलाई जासुसीको शंकामा पक्राउ गरिएको हो ।

उत्तराखण्डको अल्मोडाका बासिन्दा प्रसादलाई सोमबार राति पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इण्डियन एक्सप्रेसका अनुसार यो स्थान भारतीय रक्षा विशेषज्ञहरू र वैज्ञानिकहरूले बारम्बार भ्रमण गर्ने अति संवेदनशील क्षेत्र हो ।

जैसलमेर प्रहरीले पक्राउ परेका प्रसादलाई मंगलबार थप अनुसन्धानका लागि संयुक्त जाँच समितिलाई हस्तान्तरण गरिने जनाएको छ । प्रारम्भिक जानकारी अनुसार महेन्द्र प्रसादले पाकिस्तानलाई संवेदनशील जानकारी दिएको आशंका गरिएको छ ।

उनी सन् २०१८ देखि पोखरण फिल्ड फायरिङ रेन्जस्थित डीआरडीओ गेस्टहाउसमा कार्यरत थिए । त्यहाँ कार्यरत रहँदा उनी हतियार परीक्षण र युद्ध अभ्यासका लागि सो क्षेत्रको भ्रमण गर्ने वरिष्ठ सैन्य अधिकारी र वैज्ञानिकसँग निरन्तर सम्पर्कमा रहन्थे ।

यस घटनापछि प्रमुख रक्षा क्षेत्र आसपासमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ५० बजे

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन