हङकङमा कीर्तिमानी वर्षा, जनजीवन अस्तव्यस्त « Khabarhub

हङकङमा कीर्तिमानी वर्षा, जनजीवन अस्तव्यस्त


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा सन् १८८४ यताकै भारी वर्षा भएको छ । हङकङमा मंगलबार स्थानीय समयअनुसार दिउँसो दुई बजेसम्म ३ सय ५० मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ । यो सन् १८८४ मा मापन गर्न थालिएयता अगष्टमा भएको सबैभन्दा ठूलो वर्षा हो ।

वर्षाले शहरको जनजीवन र पूर्वाधारमा ठूलो असर पारेको छ । वर्षाले हङकङको सडकहरू जलमग्न भएका छन्, र केही क्षेत्रमा पानीको सतह खतरनाक स्तरमा पुगेको छ वर्षाका कारण अस्पताल, विद्यालय, सरकारी कार्यालय र अन्य संस्थाहरु बन्द भएका छन् ।

हङकङ मौसम विभागका अनुसार मंगलबार बिहानदेखि शहरको आकाश कालो बादलले ढाकिएको छ भने मुसलधारे वर्षा भइरहेको छ । यसले गर्दा दक्षिणी चीनको पर्ल नदीको डेल्टा क्षेत्रमा रहेका प्राविधिक उद्योगका लागि महत्वपूर्ण अन्य शहरहरु पनि प्रभावित भएका छन् ।

हङकङको मौसम विभागका अनुसार पछिल्लो समय प्रतिघण्टा ७० मिलिमिटरभन्दा बढी वर्षा भइरहेको छ । यो अवस्था अझै केही समय जारी रहने विभागलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

ठूलो वर्षा भएसँगै स्थानीय बासिन्दालाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन हङकङ प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : १२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग