प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री « Khabarhub

प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्ष हालसम्ममा २२ करोड ८८ लाख ६६ हजार मूल्य बराबरको करिब १७ लाख ७० हजार थान पुस्तक बिक्री गरेको छ । यस वर्ष वैशाखदेखि असारसम्ममा सो परिमाणमा किताब बिक्रीवितरण भएका हुन् । 

यस वर्ष शैक्षिकसत्र सुरु हुनुअगाडि पाठ्यपुस्तक उपलब्ध भएका कारण बिक्रीवितरण बढी भएको कार्यालय प्रमुख रुद्रमणि खनालले जानकारी दिए । शैक्षिक वर्ष २०८२ मा २५ करोड मूल्यका २३ लाख ७० हजार थान पुस्तक बिक्रीवितरण गर्ने लक्ष्य रहेको उनले बताए । विद्यालयलाई तोकिएका विभिन्न ८६ वितरकका माध्यमबाट पाठ्यपुस्तक बिक्रीवितरण गरिँदै आएको छ । 

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयबाट ओखलढुङ्गा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट, पर्सा, बारालगायत जिल्लामा पाठयपुस्तक बिक्री–वितरण गरिँदै आएको छ । 

‘विगतमा पुस्तक छपाइमा ढिलाइ हुने गरेकाले अध्ययन–अध्यापनमा समस्या हुने गरेको थियो,’ प्रमुख  खनालले भने, ‘अब त्यो समस्या हटेको छ ।

कार्यालयले गत वर्ष रु २३ करोड ३० लाख मूल्य बराबरको किताब बिक्री गरेको थियो । कार्यालय प्रमुख खनालका अनुसार शैक्षिक सत्र २०८२ मा कार्यालयले कक्षा १ देखि  कक्षा १२  सम्मका लागि १७ लाख ७० हजार थान  पाठ्यपुस्तक बिक्री गरेको थियो । 

जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई पूर्णरुपमा पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने गरेको छ भने कक्षा ११ तथा कक्षा १२ का अनिवार्य विषय अङ्ग्रेजी, नेपाली र सामाजिक विषयको पाठ्यपुस्तक विद्यार्थी आफैँले खरिद गर्नुपर्ने प्रावधान छ । 

तोकिएका बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गर्ने तथा सोको भुक्तानी सम्बन्धित स्थानीय तहले दिँदै आएको छ ।  

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : २२ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर