गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने नेतान्याहूको निर्णय « Khabarhub

गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने नेतान्याहूको निर्णय


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने निर्णय गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यससँगै इजरायलको सेनाले गाजाको सम्पूर्ण क्षेत्रमा आफ्नो सैन्य कारबाही विस्तार गर्ने तयारी गरेको छ । इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका बन्दी रहेका स्थानसम्म सैन्य कारवाही सञ्चालन गर्ने तयारी थालेको अल जजीराले उल्लेख गरेको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै इजरायलको च्यानल–१२ ले जनाएअनुसार यसबारे निर्णय भइसकेको छ ।

‘हमासले पूर्ण आत्मसमर्पण नगरेसम्म बन्धकहरूलाई छोड्ने छैन र हामी पनि समर्पण गर्ने छैनौं । यदि हामीले अहिले कारबाही गरेनौं भने, बन्धकहरू भोकले मर्नेछन् र गाजा हमासकै नियन्त्रणमा रहनेछ ।’’ ती अधिकारीलाई उद्धृत गर्दै च्यानल–१२ ले जनाएको छ ।

यो निर्णय मंगलबार इजरायलको युद्ध मन्त्रिपरिषद्को बैठकमा औपचारिक रूपमा छलफल हुने अपेक्षा गरिएको छ ।

इजरायलले जारी राखेको सैन्य कारवाहीका कारण गाजाको मानवीय अवस्था निकै बिग्रिएको छ । गाजामा खाद्यान्न र अन्य आधारभूत आवश्यकताहरूको अभावका कारण धेरै प्यालेस्टाइनीहरू भोकमरी र रोगको चपेटामा परेका छन् ।

गाजा क्षेत्रमा सन् २०२३ को अक्टोबरदेखि इजरायलले थालेको सैन्य कारवाहीयता हालसम्म कम्तीमा ६० हजार ९ सय ३० प्यालेस्टाइनीहरू मारिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा मारिनेमा १८,४३० बालबालिका छन् । सोमबार मात्रै इजरायली आक्रमणमा ७४ प्यालेस्टाइनीहरू मारिएका छन् । जसमध्ये ३६ जना सहायता खोज्नेहरू थिए । गाजामा इजरायलले लगाएको नाकाबन्दीले मानवीय सहायता प्रवेशमा कठिनाइ भइरहेको छ ।

प्यालेस्टाइनी विदेश मन्त्रालयले इजरायलको यो योजनाको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ । मन्त्रालयले यो योजना “दबाबको रणनीति, अन्तर्राष्ट्रिय प्रतिक्रियाको परीक्षण, वा वास्तविक रूपमा गम्भीर योजना” हुन सक्ने भन्दै यसलाई रोक्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : ३० बजे

म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा पाइन

सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शिनबारका लागि विदेशी मुद्राको विनिमय दर

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल जेठ ९ गते शनिबार। अधिक जेठ शुक्ल

२०८३ साल जेठ ९ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ९ गते शनिबार। अधिक