उत्तरकाशीको धारालीमा भीषण बाढी, हेर्दाहेर्दै बगायो सिंगो बस्ती (भिडियो) | Khabarhub Khabarhub

उत्तरकाशीको धारालीमा भीषण बाढी, हेर्दाहेर्दै बगायो सिंगो बस्ती (भिडियो)


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

उत्तरकाशी, उत्तराखण्ड- उत्तराखण्डको खीरगंगा नदीमा आएको अचानक बाढीले उत्तरकाशी जिल्लाको धाराली गाउँमा ठूलो क्षति पुर्‍याएको छ। भीषण वर्षापछि मंगलबार बिहान यहाँ भीषण बाढी आएको हो।

बाढीसँगै आएको भेलले थुप्रै घरहरू बगाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा डरलाग्दो रूपमा आएको बाढीले खोलोनजिकको बस्ती एकसाथ सोहोरेर लगेको थियो । बाढी भीषण रुपमा आएसँगै एकपछि अर्को घरहरू पल्टाउँदै लगेको भिडियोमा देख्न सकिन्छ ।

बाढीमा धेरै मानिसहरू फसेको आशंका गरिएको छ। समाचारअनुसार अहिलेसम्म चारजना स्थानयीबासीले ज्यान गुमाएका छन् ।

बाढीसँगै लेदो र माटो बग्दै गाउँमा पस्दा उद्धार कार्यमा अवरोध पुगेको छ। उद्धारका लागि एनडीआरए, एसडीएआरएफ, भारतीय सेना र आईटीबीपीको टोली घटनास्थलतर्फ गइरहेका छन्। प्रशासनले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्यले धाराली हर्षिल नजिकै ठूलो वर्षात् भएको पुष्टि गरेका छन्। धाराली गंगोत्री यात्रा मार्गको प्रमुख विश्रामस्थल हो, जहाँ होटल, रेस्टुरेन्ट र होमस्टेहरू छन् ।

बाढीअघिको धाराली गाउँ

यसबारेमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्समा लेख्दै ठूलो क्षतिको समाचारले दु:ख लागेको बताएका छन् ।

‘धाराली (उत्तरकाशी) क्षेत्रमा अचानको भीषण वर्षाका कारण भएको क्षतिको समाचार अत्यन्तै दुःखद र पीडादायक छन्। एसडीआरएफ, एनडीआरएफ, जिल्ला प्रशासन र अन्य सम्बद्ध टोलीहरू युद्धस्तरमा राहत तथा उद्धार कार्यमा खटिएका छन्। म आफैं वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेर परिस्थितिको निगरानी गरिरहेको छु। सबैको सुरक्षाका लागि म भगवानसँग प्रार्थना गर्दछु’, उनले भनेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यका लागि सबै सहायता उपलब्ध गराइएको बताएका छन्।

‘धाराली, उत्तरकाशीको यस विपत्तिमा पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। पीडित सबैको कुशलताको कामना गर्दछु। मैले मुख्यमन्त्री पुष्कर धामीजीसँग कुराकानी गरी स्थिति बुझेको छु,’ उनले भनेका छन् ।

‘राज्य सरकारको नेतृत्वमा उद्धार तथा राहत टोलीहरू हरेक सम्भव प्रयासमा जुटेका छन्। पीडितहरूलाई सहायता पुर्‍याउन कुनै कसर बाँकी राखिएको छैन,’ उनले लेखेका छन्। उता स्थानीय प्रशासनले प्रभावित व्यक्तिहरूका लागि हेल्पलाइन नम्बर पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ४० बजे

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल

खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार